बलात्कारको आरोप मुक्त नेयमार

appharu
0
Shares
तस्वीर: गूगल

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन फरवार्ड नेयमार बलात्कारको आरोपबाट मुक्त भएका छन् ।

नेयमारमाथि लागेको बलात्कारको आरोप पुष्टि नभएपछि ब्राजिलका प्रहरीले अनुसन्धान नै बन्द गरेको छ ।बलात्कारको आरोपबारे अनुसन्धान गरिरहेका साओ पाओलोका प्रहरीले पर्याप्त प्रमाण नपाईएको कारण अनुसन्धान रोकिएको जनाएको छ ।

ब्राजिलियन मोडल नाजिला त्रिन्दादीले आफुलाई बलात्कार गरेको भन्दै प्रहरीलाई उजुरी दिएपछि नेयमार विवादमा तानिएका थिए ।

उनले पेरिसको एक होटलमा नेयमारले आफुलाई बलात्कार गरेको आरोप लगाएकी थिईन् । तर, प्रहरीले प्रमाण नपुगेको भन्दै बलात्कारको उजुरी निलम्बन गरेको छ ।

प्रहरीका अनुसार उजुरी खारेजको प्रक्रिया अघि बढाएको जनाएको छ । जसको निर्णय १५ दिनपछि आउने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?