डेजाभू लाउन्जका अध्यक्ष श्रेष्ठ विमानस्थलबाट पक्राउ

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौं । इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएको काठमाडौंको दरबारमार्गस्थित डेजाभू लाउन्जका अध्यक्ष मनोज श्रेष्ठ त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।

फरार रहेका श्रेष्ठ हङकङबाट नेपाल आउने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् । श्रेष्ठविरुद्ध ०७५ पुस १३ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरको जाहेरी दर्ता भएको थियो ।

श्रेष्ठले डेजाभूको अध्यक्ष हुँदा कम्पनी मर्मत गर्न विश्वराम श्रेष्ठबाट दुई करोड ऋण लिएका थिए । विश्वरामले रकम फिर्ता मागेपछि श्रेष्ठले दुई करोडको चेक दिए पनि बैंकमा रकम थिएन ।

त्यसपछि मनोज फरार भएका थिए । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?