टिकटकप्रेमीलाई खुशीको खबर, टिकटकले ल्याउँदै नयाँ मोबाइल

काठमाडौं । लोकप्रिय एप टिकटकको निर्माता बाइट–डान्सले मोबाइल निर्माण गर्ने भएको छ ।

पछिल्लो समय टिकटक एकदमै लोकप्रिय बनेको छ । हाल यसमा ५० करोड नियमित प्रयोगकर्ता छन् । विश्वभरी टिकटक एक अर्ब पटक डाउनलोड गरिएको विश्वास गरिएको छ ।

एपमा प्रयोगकर्ताले १५ सेकेण्डसम्मको भिडियो पोष्ट गर्न सक्छन् ।

टिकटक निर्माता बाइट–डान्सले मोबाइल बनाउने व्यवसाय सुरु गर्नको लागि उपकरण निर्माता समार्टीसनको प्याटेन्ट र कर्मचारी किनिसकेको छ ।

बाइटडान्सले अरु पनि लोकप्रिय भिडियो र समाचार एपको निर्माण गरेको भए पनि टिकटक अत्यन्तै लोकप्रिय रहेकाले उसको परिचय नै टिकटकसँग जोडिएको छ ।

यो एप यति धेरै चर्चित छ कि यसले हालै उबरलाई उछिनेर विश्वको सबैभन्दा ठूलो नीजि ‘स्टार्ट–अप’ बन्यो । यसको बजार मूल्याकङ्न ७५ अर्ब गरिएको छ ।

चिनियाँ आर्थिक म्यागजिन ‘काइजिङ’का अनुसार बाइट–डान्सले सात महिनादेखि नयाँ मोबाइल निर्माण गरिरहेको थियो ।

तर प्रविधि विज्ञहरुले भने चीनको अत्यन्त प्रतिस्पर्धात्मक मोबाइल बजारमा टिकटक निर्माताले ल्याउने मोबाइललाई कठिन हुने बताएका छन् ।

चिनियाँ बजारमा एप्पल, सामसुङ र हुवावेबीच तीव्र प्रतिस्पर्धा छ । तिनले उपभोक्तालाई आकर्षित गर्नको लागि विज्ञापनमा ठूलो रकम खर्चिरहेका छन् ।

विगतमा ठूला अमेरिकी प्रविधि कम्पनी फेसबुक, अमेजन र गुगलले पनि आफ्नो प्राथमिक व्यवसायभन्दा फरक क्षेत्रमा हात हालेका उदाहरण छन् । तर तिनले तिनमा फरक–फरक उचारचढाव भोगे । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?