बाँकेमा लागुऔषधसहित दुई पक्राउ

appharu
0
Shares

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिकाको कुसुमबजारबाट प्रहरीले लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले सवारीसाधन जाँच गर्ने क्रममा सोमबार साँझ दाङको घोराही उपमहानगरपालिका वडा नं १५ का २५ वर्षीय महेन्द्र विश्वकर्मा र सोही ठाउँकै १८ वर्षीय अभिषेक थापाको साथबाट २० पत्ता लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय कुसुमका प्रहरी नायब निरीक्षक लक्ष्मण ऐरले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?