एन्फाको आकस्मिक बैठक बस्दै

appharu
0
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक कार्यसमितिको बैठक आज बस्दैछ । समसामयिक बिषयमा छलफल र निर्णय गर्न एन्फाले आकस्मिक बैठक बोलाएको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने बैठक दिउँसो १ बजेपछि सुरु हुनेछ ।

बैठकले विश्वकप छनोट खेल्न लागेको नेपाली टिमको व्यवस्थापन लगायत विभिन्न बिषयमा निर्णय गर्ने एन्फा प्रवक्ता किरण राईले बताए ।

विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेलका बिषयमा अन्यौल कायमै छ । एकमात्र दशरथ रंगशाला निर्माणाधिन अवस्थामा रहेकाले तत्काल विश्वकप छनोटको होम गेम्स गराउन सम्भव देखिदैन । सोही बिषयमा समेत एन्फाले कार्यसमिति बैठक मार्फत निर्णय गर्न लागेको छ ।

एन्फाले नेपाल रहेको समुहका देशलाई पत्राचार गर्दै सुरुमा अवे खेलका लागि प्रस्ताव गरेको छ । जसमा सम्बन्धित देश समेत सकारात्मक रहेको एन्फाका एक अधिकारीले बताएका छन् ।

कार्यसमिति बैठकले एन्फाको प्राविधिक निर्देशक सहित विभिन्न पदमा पदपुर्ती समितिले गरेको सिफारिसको बिषयमा समेत निर्णय गर्ने बुझिएको छ ।

एन्फाले नेपाली फुटबलको प्राविधिक निर्देशकमा ग्यारी फिलिप्सलाई नियुक्त गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?