उदितलाई ज्यान मार्ने धम्की

appharu
0
Shares
तस्बिर गुगलबाट

एजेन्सी । चर्चित गायक उदित नारायण झालाई गएको एक महिनादेखि ज्यान मार्ने धम्की आएको बताईएको छ ।

उदितले दुई हप्ताअघि यसबारे प्रहरीलाई जानकारी गराएको भारतीय संचार माध्यमले जनाएको छ । पछिल्लो एक महिनादेखि कोही व्यक्तिले उदितलाई फोनमा ज्यान मार्ने धम्की दिइरहेको तर फोन गर्ने व्यक्तिले पैसाको कुनै माग नगरेको बताईएको छ ।

उजुरी दर्ता हुने बित्तिकै धम्की दिने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । उदितलाई चोरी गरिएको मोबाइलबाट धम्की दिइएको प्रहरीले जनाएको छ ।

उदित मुम्बईको अँधेरी वेस्टमा बस्नुहुन्छ । दुई हप्ताअघि उदित नारायणले अंबोली पुलिस स्टेशनमा उजुरी दर्ता गराउनुभएको थियो ।

अम्बोली पुलिस स्टेशनका सिनियर इन्सपेक्टरले आफूले उदित नारायणको उजुरी दर्ता गरिसकेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?