एक १९ वर्षीया किशोरीले बनाईन् ‘बलात्कार प्रुफ पेन्टी’

भारतको उत्तर प्रदेशकी एक सामान्य परिवारमा जन्मिएकी किशोरीले यस्तो कोशिस गरिन्, जसबाट संसारका युवतीहरु बलात्कारबाट बच्नसक्ने उनको विश्वास छ उत्तर प्रदेशकी १९ वर्षीया सिनु कुमारीले यस्तो पेन्टी तयार पारेकी छन्, जसमा एक किसिमको ‘लक’ लगाइएको छ । जसले महिलालाई बलात्कारबाट बचाउन सक्छ । जसलाई सिनुले ‘रेप प्रुफ पेन्टी’ भएको बताएकी छन् यो पेन्टी बनाउनका लागि ब्लेड प्रुफ कपडा प्रयोग गरिएको छ भने स्मार्ट लक, एक जीपीआरएस र एउटा रेकर्डर राखिएको छ । १९ वर्षकी सिनु कुमारी उत्तर प्रदेशको फर्रुखावाद जिल्लाकी निम्नमध्यम वर्गीय परिवारकी किशोरी हुन् र उनका बाबु किसान हुन् सिनुले यो पेन्टी निर्माणबापत आफूलाई केन्द्रीय बाल तथा विकासमन्त्री मेनका गान्धीबाट प्रशंसा मिलेको बताएकी छन् । उनका अनुसार यो पेन्टी सजिलैसँग काट्न र जलाउन सकिदैन भने यसमा एउटा स्मार्ट लक लगाएको हुन्छ, जो पासवर्ड हानेपछि मात्रै खुल्छ त्यतिमात्रै होइन, यसमा एउटा यस्तो बटन लगाइएको छ, त्यसमा थिच्नेवित्तिकै प्रहरीको नम्बर १०० मा फोन डायल हुन्छ । यसमा लगाइएको जीपीआरएसको माध्यमबाट प्रहरीले लोकेशन पत्ता लगाउन सक्छ भने रेकर्डिङ सिस्टमबाट आसपासका गतिविधि रेकर्ड हुन्छ के प्रहरीको अलावा कोही चाहेमा परिवारका सदस्यको नम्बर पनि सेट गर्न सकिन्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘यो सेटिङमा निर्भर गर्दछ कि आपतकालीन अवस्थामा पहिले कसलाई कल गर्ने ? किनकी १०० र १०९० नम्बर सुरक्षाका हिसाबले सधैं लाग्ने गर्दछ र प्रहरी स्टेशन पनि सबै स्थानमा हुने भएकाले यो नम्बर सेट गरिएको हो ।’उनले यो पेन्टी बनाउनका लागि करिब चार बजार रुपैया खर्च लागेको र परिवारले समेत साथ दिएको बताएकी छन् । उनी आफैले अनुसन्धान गरेर यो पेन्टी तयार पारेकी हुन् सिनुले आफूले यसमा सस्ता सामग्री प्रयोग गरेको र थोरै राम्रा सामग्री प्रयोग गर्दा झनै राम्ररी काम गर्ने तर खर्च पनि केही बढ्नसक्ने बताइन् बजारमा आउनुभन्दा अघि यसमा सुधारको आवश्यकता रहेको र महिलाले सधैं यो लगाउनुपर्ने नभई एक्लै असुरक्षित स्थानमा हिँड्दा लगाउन सक्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?