‘केजीएफ २’ को फस्ट लूक सार्वजनिक

appharu
0
Shares

एजेन्सी । बक्स अफिसमा २ सय ५० करोडको व्यापार गरेको ‘केजीएफ’ टिमले ‘केजीएफ २’ को फस्ट लूक सार्वजनिक गरेका छन् ।

निर्माण टोलिले हालै बलिउड अभिनेता सञ्जय दत्तको जन्मदिन पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको हो ।

फस्ट लूकमा सञ्जयलाई खतरनाक भूमिकामा देखाइएको छ । फिल्ममा दत्तले भिलेनको भूमिका निभाउनुहुनेछ ।

केही दिनअघि फिल्म निर्माण टिमले एक टिजर पोस्टर पनि सार्वजनिक गरेको थियो । पोस्टरमा अधिराको झलक देखाइएको थियो ।

यो फिल्मको पहिलो भागपछि यसको सिक्वेलको दर्शकलाई लामो समयदेखि प्रतीक्षा छ । यो फिल्म सन् २०२० मा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?