मेकअप गर्दै हुनुहुन्छ, कतै यसले छालामा उल्टो असर त पुर्याइरहेको छैन ?

सौन्दर्यमा महिलाको चासो बढ्दै गइरहेको छ । सौन्दर्य सामग्रीकै प्रयोगले प्राकृतिक सौन्दर्य गुमाउने चिन्ता समेत लिनुपर्ने भएको छ । पार्टीदेखि अन्य ठाउँमा जाँदा समेत गरिने भव्य मेकअपले कतै छालामा उल्टो असर त पु¥याइरहेको छैन ?फाउन्डेसनः– अनुहारमा मेकअप फाउन्डेसनबाट सुरु गरिन्छ । यो त्यस्तो प्रकारको हुन्छ, जुन अनुहारको रंगसँग घुल्न सक्छ । यो लाएपछि अनुहार अपेक्षा भन्दा बढी नै ग्लोइंग देखिन्छ । यसका साथै यो धेरै समय अनुहारमा टिक्छ । यसले अनुहारमा एउटा तह सिर्जना गर्छ । अनुहारमा लामो समय यसलाई राख्ने हो भने उल्टो असर देखिन थाल्छ । छालामा रहेका अक्सिजन लिने साना–साना प्वाल बन्द हुन्छन् । त्यसैगरी यसमा रहेको एडहेसिब नामको पदार्थले एलर्जी समेत गर्न सक्छ । त्यसैगरी बास्नाका लागि यसमा प्रयोग हुने तेल समेत छालाका लागि राम्रो मानिदैन गाजलः–गाजलले आँखाको सुन्दरता बढाउँछ भन्ने कुरा शंका गर्नुपर्दैन । तर, निकै कमले ख्याल गरेका हुन्छन् कि गाजलमा सिसा अधिक मात्रामा हुन्छ । यसका साथै ग्यालेना पिबिएस, मिनियम, अमरफो कार्बन, म्याग्नेटाइट र जिनसाइट जस्ता तत्व मिलाइएको हुन्छ । दैनिक प्रयोगले यी सबकुरा आँखाको माध्यमबाट बडीसम्म पुग्छ । जसले दिमाग र बोनम्यारोलाई प्रभावित गर्न सक्ने हुन्छ आइलाइनरः– आइलनर महिलाले ठूलो र सुन्दर आँखा बनाउन प्रयोग गरिरहेका हुन्छन् । परेलाको ठिक माथि लगाइनृे यो आँखाका लागि हानिकारक समेत हुनसक्छ । यो बनाउन प्रयोग हुने वेक्स, सिलकनलाई नेचुरल गमले टाँसेको हुन्छ । त्यसैले पानी वा पसिनाले बगाउँदैन । तर, जस्तो पायो त्यस्तै आइलाइनरले आँखा रातो बनाउने, चिलाउने र आँखाबाट लगातार पानी चुहिनेजस्ता समस्या देखिन सक्छन् लिपिस्टिकः– ओठलाई लिपिस्टिकको सहारामा सुन्दर बनाउनेको सँख्या सबभन्दा धेरै पाइन्छ । विभिन्न प्रकारका लिपिस्टिक बजारमा छन् । तर, राम्रो खालको परेन भने यसका बेफाइदा निकै छन् । यी रंगीविरंगी लिपिस्टिकमा सबभन्दा धेरै मात्रामा त शिशा पाइन्छ । जुन स्वास्थ्यका लागि हानिकारक छ । सधैँ यसको थोरै–थोरै मात्रा पेटमा जाँदा विस्तारै कुनै न कुनै रोग निम्त्याउने पक्का छ । कतिपय अवस्थामा लिपिस्टिकमा मिसाइएका केमिकल्स वाहिरी वातावरणमा मिसिएर रिएक्सन समेत गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?