श्रीमतीप्रति श्रीमानको यस्तो मोह, आत्महत्या गर्न बाध्य

appharu
0
Shares
तस्वीर: गूगल

एजेन्सी । भारतको उत्तर प्रदेशमा भाइ, बहिनी, र आफ्नो बुवाले दाइजोको लागि श्रीमतीलाई तनाव दिन थालेपछि एक शिक्षकले आत्महत्या गरेका छन् ।

शिक्षकले लेखेको सुसाइड नोटको आधारमा प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ ।

शिक्षक फूलकुमार प्रजापतिको २०१६ मा विवाह भएको थियो । अहिले उसको दुई वर्षको छोरी पनि छ । मृतक शिक्षकका ससुराले परिवारका सदस्यलाई आरोप लगाउँदै फूलकुमारको हत्याको जिम्मेवार उनकै भाइ, बहिनीर बुवा रहेको बताएका छन् ।

फूलकुमारले लेखेको सुसाइड नोटमा पनि आफ्नो मृत्युको जिम्मेवार भाइ, बहिनी र बुवालाई ठह¥याएका छन् । परिवारका मानिसले श्रीमतीलाई दाइजोको लागि यातना दिने गरेको फूलकुमारको पत्रमा उल्लेख गरिएको छ ।

पछिल्लो तीनवर्षदेखि यो सब देख्दै आएका फूलकुमारको आइतबार भने धैर्यताको बाँध टुट्यो र उनले आत्महत्या गरे ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको आजतकले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?