प्रधानमन्त्री देउवा पदमै बसिरहने नकचरो प्रवृतिः योगेश भट्टराई

काठमाडौं, १६ पुस । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिएर संसदीय व्यवस्थाकै धज्जी उडाएको आरोप लगाएका छन् सचिव भट्टराईले निर्वाचनमा हार व्यहोरेपछि नयाँ सरकार गठनका लागि बाटो खुला गर्नुको सट्टा प्रधानमन्त्री देउवाले पदमै बसिरहने नकचरो प्रवृति देखाईरहेको तर्क समेत गरे उनले नयाँ संसद आएपछि पुरानो संसदले बनाएको सरकार स्वतह विघटन हुने सर्वमान्य सिद्धान्त विपरित काँग्रेस नेतृत्वको सरकार अघि बढन खोजीरहेको दावी समेत गरे आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नयाँ सरकार गठन प्रक्रिया संविधान, कानुनभन्दा पनि राजनीतिक व्यवस्थाको आधारमा हुने पनि स्पष्ट पारे सचिव भट्टराईले प्रधानमन्त्री देउवा काँग्रेसको अन्तिम प्रधानमन्त्री भएको दाबी समेत गरे एमाले सचिव भट्टराईले प्रधानमन्त्री देउवालाई जनमतको कदर गर्दै अघि बढन पनि सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?