शेयर बजार: नेप्सेमा तीन अङ्कको वृद्धि

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौं । आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३ दशमलव १८ विन्दुले बढेर एक हजार २५५ दशमलव ९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ०८ विन्दुले बढेर २७१ दशमलव ११ मा पुगेको छ ।

कारोवार रकम भने आइतबारको तुलनामा घटेको छ । आज कूल १६६ कम्पनीको १२ लाख आठ हजार ३४२ कित्ता शेयर ३५ करोड आठ लाख १२ हजार ५७२ मूल्यमा खरीद बिक्री भए । आइतबार कुल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर ४९ करोड २६ लाख ७३ हजार ६५२ मूल्यमा कारोबार भएको थियो ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । उत्पादन ४ दशमलव १६, जीवन बीमा १५ दशमलव ७९ र सामूहिक लगानी कोष ० दशमलव ०१ विन्दुले घटेको छ । यस्तै होटल उपसमुहको कारोवारका बारेमा भने कुनै विवरण उल्लेख छैन ।

बैंकिङ २ दशमलव ५९, विकास बैंक ३ दशमलव ७८, जलविद्युत् १ दशमलव ४८, वित्त ५ दशमलव १९, निर्जीवन बीमा १ दशमलव ३४, अन्य २ दशमलव २ र लघुवित्त २३ दशमलव ४ विन्दुले बढेको छ । स्टकका अनुसार कारोवारका आधारमा आज युनाइटेड इन्स्योरेन्स कम्पनी रु दुई करोड ३८ लाख ६६ हजार ४६ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै प्रभु बैंक दुई करोड २३ लाख ७९ हजार ३८७, साना किसान विकास बैंक दुई करोड नौ लाख तीन हजार ६३१, शिवम् सिमेन्ट एक करोड ८४ लाख १७ हजार ७८, कृषि विकास बैंक एक करोड ५२ लाख ५२ हजार ७१२ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एक करोड ३५ लाख ४१ हजार ६०४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज दश प्रतिशतले कमाए । सिर्जना फाइनान्स वित्तीय संस्था ९ दशमलव ७०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९ दशमलव ३४, स्पर्श लघुवित्त वित्तीय संस्था ८ दशमलव ७३, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ७ दशमलव ०६, गुराँस लघुवित्त वित्तीय संस्था ६ दशमलव ४८ र आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६ दशमलव २२ प्रतिशतले कमाएका छन् ।

यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३ दशमलव ८४, यूनिभर्सल पावर कम्पनी ३ दशमलव २९, सिनर्जी पावर ३ दशमलव २९, युनाइटेड इन्स्योरेन्स कम्पनी २ दशमलव ६३, र एनआइबिएल समृद्धि फण्ड एकका लगानीकर्ताले २ दशमलव ५५ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?