रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीनजनाको मृत्यु

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौं । रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

लुङग्री गाउँपालिका वडा नं ६ पाटेगुम्चाल बस्ने २५ बर्षीया फुर्मली बुढाथोकी, उनको सात बर्षीया छोरी सुनिता बुढाथोकी र तीन बर्षीय छोरा पुस्कर बुढाथोकीको जङगली च्याउ खादा मृत्यु भएको हो । यहि साउन ८ गते जंगली च्याउ खाँदा तिनै जना विरामी परेका थिए ।

उनीहरुको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा आज बिहान मृत्यु भएको ५ न. प्रहरी कार्यालय दागका प्रवक्ता प्रहरी नायव उपरिक्षक नवराज पोख्रेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?