सहकारी क्षेत्रमा योगदान पुर्याउने व्यक्ति सम्मानित

इलाम, १६ पुस । इलाममा सञ्चालित शताब्दी बचत तथा ऋण सहकारी संस्थाले शनिबार विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गरेको छ संस्थाको १५औँ वार्षिक साधारणसभाका अवसरमा सहकारी विषयमा विद्यावारिधि गर्ने डा भुपाल थापा लगायतलाई सम्मान गरेको हो । थापा सहकारी विषयमा विद्यावारिधि गर्ने जिल्लाकै पहिलो व्यक्ति हुन सहकारीले आव ०७३–७४ मा कूल रु २३ करोड छ लाख १४ हजार ७६४ को कारोबार गरेको छ । एक हजार ३९५ जना शेयर सदस्य रहेको संस्थामा सदस्यको बचत रकम करिब नौ करोड रहेको छ । सदस्यलाई राहत तथा हित कार्यक्रमअन्तर्गत संस्थाले मृतक सदस्य राहत कोष, एम्बुलेन्स भाडामा छुट सुविधा, सुत्केरी पोषण खर्च र गम्भीर प्रकृतिको रोग उपचार खर्चसमेत उपलब्ध गराउँदै आएको प्रतिवेदनमा उल्लेख छ सामाजिक दायित्व पूरा गर्ने उद्देश्यका साथ वार्षिकोत्सवमा सामाजिक क्षेत्रमा काम गर्दै आएको संघसंस्थालाई पनि सहयोग गर्ने क्रममा यस वर्ष इलामका ‘सहयोगी हात’ नामक संस्थालाई रु पाँच हजार ५०० समेत प्रदान गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?