राप्रपा बैठक: निकाल्यो ९ बुँदे निर्णय

appharu
0
Shares

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाले राप्रपा (संयुक्त) ले गरेको एकतासम्बन्धी निर्णयको स्वागत गर्दै अविलम्ब एकता प्रक्रियामा आउन राप्रपा (संयुक्त) र अन्य राष्ट्रवादी दलहरुलाई आह्वान गरेको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई महसुस गर्दै अविलम्ब एकता प्रक्रियामा आउन राप्रपा (संयुक्त) र अन्य राष्ट्रवादी दलहरुलाई आह्वान गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

यस्तै श्रावण २४ र २५ गते केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, भाद्र महिनाभित्र सम्पूर्ण जिल्लाहरुमा जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, २०७७ आश्विन महिनाभित्र सम्पूर्ण गा.पा. र. न.पा. हरुमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने लगायतका ९ वटा निर्णय बैठकले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?