युट्युव ट्रेण्डिङमा रहेका ४ तिज गीत (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । भदौ १६ गते अर्थात झण्डै ३५ दिन पछि रहेको हरितालिका तिज विशेष गीतसंगीत अहिले धमाधम युट्युव मार्फत सार्वजनिक भईरहेका छन् ।

केहि गीतको चर्चा धेरै भईरहेको छ भने केहि गीतहरु गुमनाम अबस्थामा छन् । केहि गीतहरुले विवाद पनि बटुलिरहेका छन् । हामीले यँहा युट्युव ट्रेण्डिङमा रहेका ४ गीतहरुको बारेमा चर्चा गरेका छौ ।

१. बुहारी–२
युट्युव ट्रेण्डिङको २ नम्बरमा टिका सानुको बुहारी–२ रहेको छ ।
टिका सानु, मानसिंह खड्का, करिश्मा घर्ती र धनमाया नेपालीको स्वर रहेको गीतमा टिका सानुको शब्द तथा मानसिंह खड्काको भाका संकलन रहेको छ ।

मानसिंह खड्काको निर्देशनमा तयार भएको गीतको भिडियोलाई राजकुमार मगरले सम्पादन गर्नुभएको हो । गीतको भिडियोमा रमा थपलिया, लक्ष्मी गिरी, टिका सानु, मानसिंह खड्का, राजेश विसी, सम्पृया खड्का, विष्णु सुनार, धनमाया नेपाली, हरी भण्डारी, भरत वयक लगायतका कलाकारको अभिनय रहेको छ ।

२. ठेल न बुढी ठेल
युट्युव ट्रेण्डिङको ११ नम्बरमा ठेल न बुढी ठेल बोलको गीत रहेको छ ।
रबिन घर्ती मगर, मदन सेन्चुरी र टिका लामिछानेको स्वर रहेको गीतमा बिशाल रायमाझीको शब्द तथा भाका रहेको छ ।

कमल सौरागको संगीत संयोजन रहेको गीतको भिडियोमा यादब देवकोटा (सरापे), एलिना रायमाझी, अर्जुन कुँवर (पित्री बुढा), सर्मिला रायमाझी लगायतका कलाकारको अभिनय रहेको छ ।
गीतको भिडियोमा राजकुमार मगरको निर्देशन तथा सम्पादन रहेको छ ।

३. चिटिक्क कै भा छु रे
युट्युव ट्रेण्डिङको २० नम्बरमा सिन्धु मल्लको चिटिक्क कै भा छु रे गीत रहेको छ ।
कुनै समय लोकगीत क्षेत्रमा एकछत्र राज गरेकी गायिका मल्लले पुन एकपटक रेकर्ड गराएर प्रस्तु गरेको गीत हो ।

राजकुमार बगरका शब्द, सुदाम थापाको संगीत रहेको गीतमा सिन्धुको स्वर रहेको छ । गीतको भिडियोमा नायिका एवं मोडल आँचल शर्मा र अन्य कलाकारको नृत्य हेर्न सकिन्छ । भिडियोमा शिव बिकको निर्देशन, रामेश्वर कार्कीको छायांकन तथा सक्षमसिंह थापाले निर्माण रहेको छ ।

४.पशुपतिमा
युट्युव ट्रेण्डिङको २८ नम्बरमा गायिका रमिला न्यौपानको नयाँ गीत ‘पशुपतिमा’ रहेको छ । बाबुराम बोहराको शव्द रहेको गीतमा संगीत खुमन अधिकारीको रहेको छ ।

गीतमा गायिका न्यौपानेसंगै बन्दना पाण्डे, साया पाण्डे र राजेन्द्र बाजुरालीको पनि स्वर रहेको छ ।
तिर्सना म्युजिकको प्रस्तुतिमा रहेको गीतको म्युजिक भिडियोमा नायिका सुरक्षा पन्त र खुमन अधिकारीको नृत्यमा राजेश घिमिरेको कोरियोग्राफि तथा प्रकास भट्टको निर्देशन रहेको छ ।

माथि प्रस्तुत गीतहरुको युट्युव ट्रेण्डिङ अबस्था मिति २०७६ साउन १३ गते सोमबार समाचार तयार पार्दाको समय बाहेक अन्य अवस्थामा फरक पर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?