मौद्रिक नीतिले काम गरेन: नेप्से दोहोरो अङ्कले घट्यो

appharu
0
Shares
तस्वीर: गुगल

काठमाडौं । मौद्रिक नीतिपछि उकालो लाग्ने अपेक्षा रहेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनःदोहोरो अङ्कले ओरालो लागेको छ ।

पूँजीगत लाभकरलगायतका विषयमा रहेको विवाद समाधान नभएको भन्दै लगानीकर्ताले शेयर खरीद मात्रै गर्न चोहको र बेच्ने कमै मात्र भेटिएपछि बजारमा नकारात्मक प्रभाव परेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।

स्टकका अनुसार नेप्से १७ दशमलव ११ विन्दुले घटेर एक हजार २५२ दशमलव ८० विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ४३ विन्दुले घटेर २७० दशमलव ०४ मा झरेको छ ।

नेप्से र सेन्सेटिभ परिसूचक आज क्रमशः १ दशमलव ३५ र १ दशमलव २६ प्रतिशतले घटेका हुन् । स्टकक अनुसार कारोवार रकम पनि तुलनात्मकरूपमा घटेको छ । कूल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर ४९ करोड २६ लाख ७३ हजार ६५२ मूल्यमा खरीद बिक्री भए । बिहीबार नेप्से १४ दशमलव १५ विन्दुले घटेर एक हजार २६९ दशमलव ९२ विन्दुमा बन्द भएको थियो ।

सो दिन कूल १७१ कम्पनीका २१ लाख ९८ हजार १२६ कित्ता शेयर ५५ करोड पाँच लाख ३२ हजार १४६ मूल्यमा खरीद बिक्री भएको थियो । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर घटेको छ ।

सामूहिक लगानी कोष ० दशमलव १६ विन्दुले बढ्दा बैंकिङ १५ दशमलव ९२, व्यापार २ दशमलव ५३, होटल ९दशमलव ४९, विकास बैंक १५ दशमलव ४९, जलविद्युत् ११ दशमलव ८५, वित्त १ दशमलव ८३, निर्जीवन बीमा ९९ दशमलव ६७, उत्पादन २४ दशमलव ७२, अन्य ७ दशमलव ४४, लघुवित्त २७ दशमलव ७ र जीवन बीमा १०६ दशमलव ८९ विन्दुले घटेको छ ।

कारोवारका आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको चार करोड आठ लाख २४ हजार ३०६ बराबरको शेयर कारोवार भयो । यस्तै नेपाल बैंक लिमिटेड चार करोड एक लाख ७२ हजार ४३२, छिमेक लघुवित्त विकास बैंक दुई करोड ४० लाख ४२ हजार ९४, एनआइसिएशिया बैंक दुई करोड १७ लाख चार हजार ५७, शिवम सिमेन्ट दुई करोड छ लाख ६८ हजार १५७ र प्रभु बैंक दुई करोड छ लाख २४ लाख ७५१ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार सिर्जना लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ७२ प्रतिशतले कमाउँदा युनिभर्सल पावर कम्पनी ४ दशमलव ६०, एनएमबी सुलभ फण्ड ३ दशमलव ५९, एनएमबी हाइब्रिड फण्ड ३ दशमलव १३ र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३ दशमलव ०१ प्रतिशतले आर्जन गरे ।

त्यस्तै युनियन हाइड्रो पावर ८ दशमलव २३, युनाइटेड इन्स्योरेन्स ६ दशमलव ११, पाँचथर पावर ५ दशमलव ५१, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ५ दशमलव १७ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५ दशमलव १३ प्रतिशतले कमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?