जब चोरले घरको च्यानल गेट फुटाउंदै गर्दा प्रहरी आइपुग्यो !

काठमाडौं । भक्तपुरमा घरको च्यानल गेट फोडिरहेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् ।

नयाँ ठिमी बस्ने दोलखा घर भएका २० वर्षीय मनिष दुवाललाई चोरी गर्ने उद्देश्यले च्यानल गेट फोडीरहेको अवस्थामा आइताबर बिहान प्रहरीले पक्राउ गरेको हो ।

सूर्यविनायक नगरपालिका सिर्जनानगरस्थित प्रेमरत्न शाक्यको २ तले घरको च्यानल गेट रड प्रयोग गरी फोड्दै गरेको अवस्थामा दुवाललाई महानगरीय प्रहरी विभाग कटुन्जेबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट १ थान रड र १ किलो पैसाको सिक्का समेत बरामत गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?