छुरा प्रहार गरि आफ्नै प्रेमिकाको हत्या गर्ने अभियुक्त १२ वर्षपछि पक्राउ

काठमाडौं । प्रेमिकाको हत्या गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको रोशी गाउपालिका घर भइ हाल ललितपुरको सानेपामा डेरा गरि बस्ने ३७ वर्षीय राजु भनि चिनिने राजेश लामा रहेको प्रहरीले जनाएको छ । उनले १२ वर्ष अघि आफ्नै २२ वर्षीय प्रेमिका सुनिता लामाको छुरा प्रहार गरि निर्मम हत्या गरेका थिए ।

लामा घटना पश्चात राजु लामा नामको परिचय बनाई एउटा खाजा घरमा काम गर्दै आइरहेका थिए । उनलाई ललितपुर प्रहरीले साउन १० गते सानेपाबाट पक्राउ गरेको हो ।

लामाको सुनितासंग प्रेम सम्बन्ध रहेको थियो । उनीहरुबीच बिहेको कुरा चलिरहेकै बेला सुनिता फरार भएको र सोहि रिसिबीका कारण उनले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीका अनुसार जिल्ला अदालत ललितपुरबाट सात दिन म्याद थप गरि लामामाथि ज्यान सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?