२०१७ को चर्चित तस्विरहरु

काठमाडौं, १६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेदेखि जिम्बाबेका राष्ट्रपति मुगाबे पदबाट हट्नु नै सन् २०१७ को मुख्य घटनाको रुपमा लिइएको छ । अमेरिकाले यसै वर्ष तीन शक्तिशाली आँधी र भीषण डढेलोको समेत सामना गर्यो त्यस्तै, उत्तर कोरियाका नेता किम जोङले अन्तर्राष्ट्रिय समुदाष्को चेतावनीको बेवास्ता गर्दै पटक–पटक शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको थियो । साथै म्यानमारबाट लाखौँ रोहिंग्या मुस्लिमहरुले आफ्नो ज्यान जोगाउन बंगलादेशमा शरण लिन पुग्नु पनि सन् २०१७ मै भएको थियो यसैगरी, विभिन्न खाले ठूला र साना घटनाका कारण यो वर्ष निकै स्मरणीय रह्यो । त्यस्तै, गत वर्ष अन्तर्राष्ट्रि मिडियाहरुले लिएका हजारौं तस्विरहरुमध्ये १० चर्चित तस्विरहरु यस्ता छन् अफगानिस्तानमा आतंकहरुको बीचमा बालअफगानिस्तानको राजधानी काबुलमा सन् २०१७ मा सुरक्षाकर्मी र आतंककारी समूहमबीच भएको दोहोरो भिडन्तमा एक बालक एकोहोरो सुरक्षाकर्मी तर्फ हेरिरहेको तस्विर सबैभन्दा उत्कृष्ट तस्विर मानिएको छ काबुलमा अवस्थित सिया मस्जिदमा आतंककारीको ओजना असफल बनाउने क्रममा सुरक्षाकर्मीले कारबाही गरेको थियो । मस्जिदमा रहेको उक्त बालकलाई सुरक्षाकर्मीले भाग्न निर्देशन दिइरहेका छन् तर, बालक मस्जिदबाट नभागी सुरक्षाकर्मीतर्फ एकोहोरो भएर हेरिरहेको देखिएको छ । आफ्नो हजुरबुबासँग ती चारवर्षे बालक मस्जिद दर्शन गर्न पुगेका थिए । उक्त, आक्रमणमा बालकका हजुरबुवाको मृत्यु भएको थियो म्यानमारबाट बंगलादेश तर्फ लाग्दै रोहिंग्याम्यानमारको रोहिंग्या शरणार्थी नदी पार गर्ने क्रममा भोगेको पीडादायी दोस्रो शक्तिशाली तस्विर हो । म्यानमार सैनिकको कारबाही सहन नसर्की लाखौं रोहिंग्या बंगलादेशमा शरणार्थी बनेका थिए । अहिलेसम्म ६ लाख २० हजार म्यानमार रोहिंग्या बंगलादेशको कोक्स बजारमा पुगेका छन् त्यस्तै, म्यानमार सैनिकको पीडा सहन नसकि बंगलादेश र म्यानमारबीचमा रहेको नदी तर्ने क्रममा एक महिला हिलोको खाल्डोमा फसेकी यस तस्विरमा देखिन्छ । तस्विरमा ती महिलालाई बचाउन सहयोगका लागि धेरैले हात दिइरहेका छन् खण्डहर बेडरुममा घरमालिक –सिरियामध्यपूर्वी एसिया सिरियाको गृहयुद्ध पूरा भएको छैटौं वर्षको अवसरमा लिइएको तेस्रो उत्कृष्ट तस्विर हो । ९ मार्चमा ७० वर्षीय वृद्ध मानिस काम नै नलाग्ने खण्डहर घरमा एकलै आरामपूर्वक बसिरहेका छन् ती वृद्ध मानिस आफ्नो निजी बेडरुममा सिगारको आनन्ल लिर्दै बसिरहेका छन् । उनको बेडरुम कामै नलाग्ने भएपनि सिलिङसँगै रहेको टेपरेकर्डर केही भएको देखिन्छ त्यस्तै, युद्धका क्रममा ती व्यक्तिले आफ्नो महँगा कार पनि गुमाए । घरको अवस्था जस्तो भए पनि मालिकले भने सफा लुगा लगाएका छन् मिसाइल माथि नजर – उत्तर कोरियायो तस्विर उत्तर कोरियाका नेता किम जोङको हो । सन् २०१७ को सेप्टेम्वरमा उत्तर कोरिषले ठूला–साना मगरी दुई क्षेप्यास्त्र परीक्षण गरेको थियो त्यसमध्ये हुवाङसाङ–१२ को क्षेप्यास्त्र परीक्षण गर्दा उन पनि परीक्षण स्थलमै उपस्थित भएका थिए । हुवाङसाङ–१२ क्षेप्यास्त्र लन्च हुँदा उन निकै चासोका साथ हेरिरहेका थिए । धेरै नै नजिकबाट हेरेका कारण उनलाई बायनाकुलर नै आवश्यक परेन । सो क्षेप्यास्त्र जापानको आकाश हुँदै समुद्रमा खसेको थियो आगोबीच गल्फ – क्यालिफोर्नियायस वर्ष क्यालिफोर्नियामा इतिहासकै सबैभन्दा ठूलो डढेलो लाग्यो । क्यालिफोर्नियाको ५० हजार एकड जंगलमा डढेलो लागेको थियो । घटनाबारे अमेरिकामा मात्र नभएर विश्वका धेरै राष्ट्रले समेत चासो देखाएका थिए सोही घटना क्यामेरामा कैद गर्न एसोसिएट प्रेसका फोटोजर्नालिस्ट खुला मैदानमा पुगेका थिए । अचम्मको कुरा के भयो भने फोटो लिन पुगेको खाली मैदान गल्फ कोर्स रहेछ अझ त्योभन्दा पनि अर्को ठूलो अचम्मको पक्ष के भने पछाडि जंगलमा दनदन आगो बलिरहँदा गल्फ कोर्समा प्रतियोगिता भइरहेको थियो । पछाडि आगो र बीचमा गल्फ सट प्रहार गरिरहेको तस्विरलाई यस वर्षको चौथो उत्कृष्ट तस्विरको रुपमा हेरिएको छ संसद बैठकमै छोरीलाई स्तनपान –अस्ट्रेलियायस वर्ष अस्टेलियन संसाद बैठकमा कसैले पनि सोच्न नसकेको अनौठो घटना घट्यो । संसदभित्र कारबाही चलिरहँदा सिनेटर लेरिया वाटर्सनले आफ्नी दुईमहिने छोरीलाई स्तनपान गराइन् ग्रिन्स पार्टीको सिनेटर वाटर्सनले विशेष रोगबारे भाषण दिइरहँदा छोरी आलिया रोएकी थिइन् । भाषणबीचमै रोकी उनले छोरीलाई स्तनपान गराइन् संसदभित्र उनको यस कार्यलाई निकै सराहना गरिएको थियो । वाटर्सनकी छोरी आलिया संसद् भवनमै आमाको स्तनपान गर्ने पहिलो नानी समेत बनेकी छिन् प्रेमिकालाई सुरक्षा दिँदै प्रेमी – अमेरिकास्टिफन पेडोकले अमेरिकाको लास भेगासमा भएको सांगीतिक कन्सर्टमा अन्धाधुन्द गोली चलेको थियो । २२ हजार दर्शबीच पेडोकले गोली चलाउँदा ५९ मानिसको मृत्यु भएको थियो त्यस्तै, पाँच सय २७ जना घाइते भएका थिए । पेडोकले गोली चलाइरहँदा कन्सर्टस्थलमा भागदौड मच्चिएको थियो । भागदौड हुँदा भाग्न नसकि एक महिला भुइँमै लडिन् ती महिलालाई गोली नलागोस् भनी उनका प्रेमीले शरीर ढाक्ने प्रयास गरेको देखिन्छ । फोटो जर्नालिस्ट डेबिड बेकरले प्रेमीले आफ्नो ज्यानको कुनै मतलब नराखी प्रेमिकाको सुरक्षा गरेको भनी पोस्ट गरेको तस्विर सन् २०१७ को सातौँ उत्कृष्ट तस्विर बन्न सफल रह्यो ह्वाइटहाउस प्रवेश गर्दै ट्रम्प–वासिङ्टनराष्ट्रपतिको शपथ लिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०१७ जनवरी २० मा ह्वाइटहाउस प्रवेश गरेका थिए । ट्रम्पसँगै फस्र्ट लेडी मेलानिया पनि राष्ट्रपति निवासमा प्रवेश गरिन् निवर्तमान राष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिसेल नवनियुक्त राष्ट्रपति ट्रम्पलाई भवनभित्र प्रवेश गराउन उपस्थित भएका थिए । ट्रम्प छिटो हिँड्दा उनकी श्रीमती मेलानिया पछाडि परिन् तर, ओबामा जोडीले मेलानियालाई ढोकाभित्र प्रवेश गराउँदै गरेको तस्विरले आठौँ उत्कृष्ट तस्विरका रूपमा चर्चा पायो मुगाबे शासनको पतन–जिम्बाबेसन् २०१७ मै जिम्मबाबेका राष्ट्रपति रोबर्ट मुगाबेले ३७ वर्षपछि सत्ता छाडे । सेनाले सत्ता हालमा लिएपछि राष्ट्रपति मुगाबेलाई एक सातासम्म नजरबन्दमा परेका थिए सेना र विपक्षीसँग सम्झौता गर्दै उनले २१ नोभेम्बरमा राष्ट्रपतिबाट राजीनामा दिए । मुगाबेको राजीनामासँगै सरकारी कार्यालय तथा अन्य कार्यालयमा राखिएको उनको तस्विरहरु हटाइएको थियो । आक्रोशबीच राष्ट्रपति मुगाबेको तस्विर हटाइएको दृश्य नवौँ शक्तिशाली तस्विरको रुपमा रह्यो ८९औँ ओस्कार अवार्डमा ठूलै गल्ती – ओस्कार अवार्डयसपटक ८९औँ ओस्कार अवार्डमा ठूलै गल्ती भयो । सन् २०१७को अवार्ड कार्यक्रममा फोटोग्राफरले लिएको तस्विर उत्कृष्ट फिल्म घोषणा गर्ने वेलाको हो उत्कृष्ट फिल्म घोषणा गर्ने व्यक्ति मुख्य ‘खाम’ नलिएर अर्कै लिएर कार्यक्रमस्थलमा पुगेका थिए । उनले ‘मुनलाइट’ भन्नुपर्नेमा ‘ला ला ल्यान्ड’ सन् २०१६ को उत्कृष्ट फिल्म घोषणा गरे त्यसपछि आयोजकका पदाधिकारीहरूले गलत फिल्म घोषणा भएको उनलाई जानकारी दिए । त्यसपछि मुख्य खाममा रहेको नाम घोषणा गरी उनले आफ्नो गल्ती स्विकारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?