धादिङमा सवारी दुर्घटना, एकको मृत्यु

appharu
0
Shares

काठमाडौं । धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं ८ त्रिभुवन राजपथमा गए राति भएको सवारी दुर्घटनामा एक सवारी चालकको मृत्यु भएको छ ।

तसर्पुबाट नौबिसेतर्फ जाँदै गरेको बा १७ च ५३६ नंको सामान बोकेको गाडी सडकबाट खोल्सामा खस्दा सवारी चालक थाक्रे गाउँपालिका-६ का २८ वर्षीय बलराम तामाङको उपचारको क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताउनुभयो ।

सडकबाट करीब १५० मिटर तल सवारी खसेपछि गाउँवासीले उद्धार गरी अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारको क्रममा चालकको मृत्यु भएको र सहचालक गम्भीर घाइते भएकाले थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?