रसुवामा पहिरोले जिप पुर्दा ३ जनाको मृत्यु, ७ जना घाइते

appharu
0
Shares

काठमाडौं । रसुवाबाट काठमाडौं आउँदै गरको जिपलाई पहिरोले पुर्दा रसुवामा तीन जनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते भएका छन् ।

गोसाइकुण्ड गाउँपालिका २ तातोपानी डाँडाबाट खसेको पहिरोले काठमाडौं आउँदै गरेको ना १ ज ७८२४ नम्बरको जिप पुरिएको हो ।

१० जना सवार जिपमा ३ जनाको गाडीभित्रै पुरिएर मृत्यु भएको र ७ जना घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक भागेन्द्र पुरुष ढकालले बताउनुभयाे ।

घाइतेमध्ये एककाे अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?