दक्षिण भारतका सुपरस्टार रजनीकान्तले गरे प्रशंसकका अघि यस्तो घोषणा

नयाँ दिल्ली, १६ पुस । दक्षिण भारतका सुपरस्टार अभिनेता रजनीकान्तले आफ्ना प्रशंसकका सामू राजनीतिमा आउने घोषणा गरेका छन् रजनीकान्तले तमिलनाडुमा हुने आगामी विधानसभा निर्वाचन लड्ने घोषणा गरेका हुन् उनले अन्य पार्टीबाट नभई आफ्नै राजनीतिक पार्टी बनाउने समेत बताए । उनले आफू कायर नभएकाले पछि नहट्ने र कर्तव्यका साथ अघि बढ्ने बताएका हुन् आफ्नो छोटो भाषणका क्रममा रजनीकान्तले. तमिलनाडुको लोकतन्त्र कठिन अवस्थाबाट गुज्रिरहेकाले प्रणालीमा परिवर्तनका लागि नयाँ राजनीतिक पार्टी आवश्यक भएको बताए । भ्रष्टाचार विरुद्ध लडाई लड्न समेत जरुरी भएको उनको भनाई थियो प्रशंसकद्वारा खचाखच भरिएको राघवेन्द्र कल्याण मन्डपममा रजनीकान्तले भने, ‘यो संकटको घडीमा राजनीतिमा आइन भने यो मेरा लागि लज्जाको विषय हुनेछ र यो सिनेमा नभई साँचो कुरा हो ।’उनले आम जनतालाई पनि राजनीतिमा आउन अपिल गरे । उनले तमिलनाडुका हरेक गाउँ र गल्लीमा जाने प्रतिबद्धता पनि जनाएका छन् । रजनीकान्तले सन् २०१७ को अन्तिम दिन यो घोषणा गरेका हुन् प्रदेशकै लोकप्रिय मुख्यमन्त्री जयललिताको निधनपछि रजनीकान्त राजनीतिमा आउने अनुमान गरिएको थियो ६७ वर्षीय रजनीकान्तले भने, ‘प्रदेशमा आगामी विधानसभा निर्वाचनका लागि एक नयाँ राजनीतिक पार्टी बनाउनु यो वर्षको काम हो । हामी सन् २०२१ मा तमिलनाडुका सबै २ सय ३४ सिटमा चुनाव लड्नेछौं ।’जयललिताको निधनपछि तमिलनाडुको राजनीतिमा रिक्तता आएको छ । जयललिताको तमिलनाडुमा रहेको राजनीतिक कदलाई पूर्ती गर्नु भाजपा या काँग्रेसका लागि सहज थिएन उनको निधनपछि उनको एआईएडीएमकेमा कलह चरम अवस्थामा रहेको छ भने पार्टी भित्र विभिन्न गुट सञ्चालित रहेका छन् उनको चुनाव क्षेत्रमा हालै भएको विधानसभाको उपचुनावमा एआईएडीएमकेबाट हटाइएका दिनाकरणले बाजी मारेका थिए । मुख्यमन्त्री पलनीस्वामीको क्याम्पका लागि यो हार लज्जाको विषय बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?