सडक सुरक्षा र लागू औषध नियन्त्रणमा प्रहरी क्रियाशील छ: आइजीपी खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सडक सुरक्षा र लागू औषध नियन्त्रणका लागि नेपाल प्रहरी क्रियाशील रहेको दावी गर्नुभएको छ ।

प्रहरी महानिरीक्षक खनालले लागू औषधको पूर्ण नियन्त्रणका लागि सबै प्रदेशमा छिट्टै परामर्श केन्द्रको पनि व्यवस्था गर्ने घोषणा गर्नुभयो ।

उहाँले सडक सुरक्षा र लागू औषध नियन्त्रण गर्ने नेपाल प्रहरीको अभियानमा साथ पनि नागरिक समाजका अगुवाहरुलाई आग्रह गर्नुभयो । प्रहरी महानिरीक्षक खनालले लागू औषधको दूव्र्यसनीका कारण पनि सडक दुर्घटना बढने काम भईरहेको उल्लेख गर्दै त्यसलाई त्रियन्त्रण गर्न प्रभावकारी कदम चाल्न पनि प्रहरीहरुलाई सचेत गराउनुभयो ।

शुक्रबार काठमाडौंमा आयोजित ‘सडक सुरक्षा र लागू औषध नियन्त्रण’ सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले लागू औषधको सेवनबाट हुने सडक दुर्घटना न्यूनिकरण गर्न पनि नेपाल प्रहरीले गृह मन्त्रालयको सहकार्यमा सबै प्रदेशमा सो सम्बन्धि २÷२ वटा परामर्श केन्द्र स्थापना गर्ने तयारी गरेको पनि स्पष्ट पार्नुभयो ।

प्रहरी महानिरीक्षक खनालले मादक पदार्थ सेवनका कारण हुने सडक दुर्घटना भने न्यूनिकरण हुँदै गएको पनि जानकारी दिनुभयो । उहाँले सडक दुर्घटनाको अर्काे कारणको रुपमा रहेको लागू पदार्थ सेवनलाई नियन्त्रण गर्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?