सन्दीप सम्मिलित टोरन्टो ८ विकेटले पराजित

appharu
0
Shares
तस्वीर: गूगल

एजेन्सी । बिहिबार राति भएको टी–ट्वान्टी क्रिकेट खेलमा नेपाली राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स ग्लोबल पराजित भएको छ ।

टी–ट्वान्टी क्रिकेटको पहिलो खेलमा टोरन्टो भ्यान्कोभर नाईट्ससंग ८ विकेटले पराजित भएको हो ।विश्वकप छनोटको एसिया फाईनल खेलिरहेका सन्दीप पहिलो खेलमा सहभागी हुन भने पाएनन् । ग्लोबल टी–ट्वान्टीमा नेपालबाट सोमपाल कामी समेत परेका छन् ।

१ सय ६० रनको लक्ष्य पछ्याएको भ्यान्कोभरले १६ बल अगावै २ विकेट गुमाएर लक्ष्य पुरा ग-यो ।चाडविक वाल्टन र रस्सी भान डेर डुसनले नटआउट अर्धसतकिय ईनिङ्स खेल्दै टोलीलाई जित दिलाए । वाल्टनले ५९ र डुसनले ६५ रनको योगदान गरे ।

ओपनर क्रिस गेल १२ रनमा आउट भएका थिए । टोयिबास भिस २० रनमा पोविलियन फर्किए ।

यसअघि पहिले ब्याटिङ गरेको टोरन्टोले ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । रोड्रिगो थोमस र हेनरिक क्लासेनले समान ४१ रन बनाएको ईनिङ्समा किरोन पोलार्डले अविजित ३० रन बनाए ।

प्रतियोगिताको पहिलो खेलमा जित निकाल्दै भ्यान्कोभरले २ अंक जोडेको छ । सन्दीप सम्मिलित टोली टोरन्टो अंक विहिन छ ।

आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलको लागि नेपाली राष्ट्रिय टिमसंग सिंगापुरमा रहेका कारण सन्दीपले २ खेल गुमाउने छन् ।

पहिलो संस्करणमा सन्दीपले मोण्टेरिएल टाइगर्सबाट खेलेका थिए । यस पटक भने टोरन्टोले सन्दीपलाई ६० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?