चेल्सी प्रभावशाली जितसहित प्रिमियर लिगको दोस्रो स्थानमा, युनाइटेड रोकियो

काठमाडौं, १६ पुस । चेल्सी प्रभावशाली जितसहित इङलिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ शनिबारराति घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले स्टोक सिटीलाई ५–० ले पराजित गरेको हो चेल्सीको जितमा एन्टोनियो रुडिगर, पेड्रो, विलियन, ड्यानी ड्रिङ्कवाटर र डेभिड जापाकोष्टाले एक एक गोल गरे जितसँगै चेल्सीले दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । युनाईटेडलाई शनिबाररातिको खेलमा साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको छ प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा लिभरपूलले लेष्टर सिटीलाई २–१ ले हरायो । लिभरपुलको जितमा दुवै गोल मोहम्मद सालाहाले गरे । यसैगरी बर्नमाउथले एभर्टनलाई २–१ ले नै हरायो स्वान्सी सिटीले वाट्फोर्डलाई उसैको मैदानमा २–१ ले हराउँदा हडर्सफिल्ड टाउन र बर्नली तथा तथा न्युकासल युनाईटेड र ब्राईटनले गोलरहित बराबरी खेलेका छन् प्रिमियर लिग अन्तर्गत आइतबारराति क्रिष्टल प्यालेस र म्यान्चेस्टर सिटी तथा वेष्ट ब्रोम र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?