११ जेष्ठ २०७९, बुधबार

नवरपरासीबाट दुई व्यक्ति सम्पर्कविहीन

२०७४,पुष,१६,आईतवार ०४:०५

0
Shares

नवलपरासी, १६ पुस । नवलपरासी–(बर्दघाट सुस्ता) पूर्वजिल्लाबाट दुई जना व्यक्ति लामो समयसम्म सम्पर्कविहीन भएपछि उनका आफन्तले खोजीका लागि सबैसँग आग्रह गरेका छन् नवलपरासीको कावासोती नगरपालिका– १० चिलाहा निवासी ४४ वर्षीय लोकबहादुर खोजबार विगत १८ दिनदेखि सम्पर्कविहीन भएका छन् यसैगरी बुङ्गीकाली गाउँपालिका– ३ रकुवा थोत्रेनी निवासी २५ वर्षीय तेजबहादुर सुनार चार दिनअघि सम्पर्कविहीन भएका हुन् । खोजबार र सुनारलाई खोजी गरिदिनुहुन उनका आफन्तले सबैसँग आग्रह गरेका छन् गत मंसिर २७ गते खोजबार जंगल जान भनी हिँडेका र घर नफर्किएको खोजबारकी श्रीमती जयमती खोजबारको भनाइ छ । घर छिमेक इष्टमित्र सबैकहाँ खोजतलास गर्दासमेत फेला नपारेपछि प्रहरी, प्रशासन, नागरिक समाज मानवअधिकारकर्मी तथा सञ्चारमाध्यमलाई खोजी गरिदिन खोजबारका परिवारले आग्रह गरेका छन् यसैगरी भाइ सुनार गत पुस १२ गते कावासोती बजारबाट निस्किएर पोखराको पृथ्वीचोकबाट सम्पर्कविहीन भएको उनका दाजु सन्तोष सुनारको भनाइ छ । सुनार हालसम्म परिवार आफन्त कसैको पनि सम्पर्कमा नआएको उनको खोजतलास गरिदिन सुनारका आफन्तले सबैसँग आग्रह गरेका हुन् ।

प्रकाशित मिति: २०७४,पुष,१६,आईतवार ०४:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३३

काठमाडौं । एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौँमा बृहत साइकल र्‍याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ

दैलेख । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले आगलागीबाट क्षति भएका परिवारका लागि सहयोग उपलब्ध गराएको छ । आगलागीका कारण ठाटीकाँध

दैलेख । जिल्लाको दुल्लु नगरपालिकाले पालिकाभित्र रहेका युवालाई स्वरोजगार बनाउन सवारी चालक (ड्राइभिङ) तालिम दिने भएको छ । नगरपालिका भित्र

ताजा समाचार