बहुविवाह गरेको आरोपमा मोसो दलेर दम्पतीलाई गाउँ निकाला

विराटनगर, १६ पुस -मोरङको रंगेली नगरपालिका–५ आँपगाछीमा अर्काकी श्रीमती विवाह गरेको आरोपमा एक जोडीलाई गाउँ निकाला गरिएको छ । एमालेका एक स्थानीय नेताको अगुवाइमा विवाहित दम्पतीलाई मोसो दली जुत्ताको माला लगाएर गाउँ निकाला गरिएको हो । स्थानीय राजकुमार ठाकुर र सोही ठाउँकी सरदार थरकी महिलालाई दोस्रो बिहे गरेर गाउँ–समाजको थिति खलल पारेको आरोपमा एमाले नेता दिनेश ठाकुरको अगुवाइमा कुटपिट गरिएको हो । दिनेश ठाकुर एमाले रंगेली नगर कमिटीका अध्यक्ष हुन्, नयाँ पत्रिकामा खबर छ विवाहित जोडीलाई चरम अमानवीय यातना दिएको अरोपमा प्रहरीले रंगेली–५ आँपगाछीका कुलानन्द, गोवद्र्धन, जयप्रकाश, रञ्जितकुमार, सतिश र मायानन्द ठाकुरलाई शुक्रबारै पक्राउ गरेको छ । कुटपिटको अगुवाइ गर्ने एमाले नेता ठाकुर भने फरार भएका छन् । ठाकुरदम्पतीलाई गाउँ निकाला गरेको सूचना पाउनासाथ ६ जनालाई पक्राउ गरेको, तर नेता ठाकुर भने फरार रहेको इप्रका रंगेलीका इन्स्पेक्टर सन्दीपबाबु खड्काले बताए । पक्राउ परेका सबैलाई कुटपिट र सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?