१४ पूर्वसांसद समानुपातिकबाट प्रदेश सभामा

एमाले : पूर्वसांसदहरू उषाकला राई, यशोधा अधिकारी र शान्ति थिङ समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य बन्दै छन् कांग्रेस : मालेबाट यसअघि सांसद रहेका शिवचन्द्र चौधरी कांग्रेस प्रवेश गरी प्रदेशको सांसद बन्दै छन् । त्यस्तै, पूर्वसांसदद्वय सरस्वती चौधरी र प्रमिलादेवी दास पनि छनोट भएका छन् । यसअघि दोस्रो संविधानसभामा मनोनीत २६ भित्र परेकी गीता वाग्ले र अखण्ड नेपाल पार्टीबाट कांग्रेस प्रवेश गरेका पूर्वसांसद कुमार खड्का पनि सांसद बन्दै छन् माओवादी : माओवादीले पूर्वसांसदहरू सीताकुमारी नेपाली, दामाकुमारी शर्मा र विमला केसीलाई प्रदेश सभा सदस्य बनाउँदै छ राजपा : राजपाले समानुपातिकतर्फ पूर्वसांसदद्वय डिम्पल झा र रामनरेश रायको नाम छनोट गरेर निर्वाचन आयोगमा बुझाएको छ फोरम: संघीय समाजवादी फोरमबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभामा एकजना पूर्वसांसदले प्रतिनिधित्व गर्दै छन् । प्रदेश २ मा फोरमले पूर्वसांसद करिमा वेगमलाई सांसद बनाउँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?