सिटीको आधा दर्जन गोलमा किट्ची एफसी स्तब्ध

appharu
0
Shares
तस्वीर: गूगल

एजेन्सी । प्रि-सिजन टुर अन्तर्गत अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा म्यानचेस्टर सिटीले फराकिलो गोल अन्तरले जित निकालेको छ ।

बुधबार बेलुका भएको खेलमा प्रिमियर लिग च्याम्पियन सिटीले हङकङको किट्ची एफसीलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।

हङकङ स्टेडियममा सिटीले हङकङ प्रिमियर लिग क्लबविरुद्ध दुवै हाफमा समान ३र३ गोल गरेको थियो । सिटीलाई जित दिलाउन लोरी सानेले दुई गोल गरे ।

यस्तै डेभिड सिल्भा, रहिम स्ट्रलिङ,नाबिली टोउजी र इकर पोजोले समान एक एक गोल गरे ।

किट्चीका लागि चुन लले एक गोल फर्काए ।

नयाँ सिजनको सुरुवात अघि प्रि-सिजन तयारी गर्न सिटी अहिले हङकङको भ्रमणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?