१० जेष्ठ २०७९, मंगलवार

माओवादीभित्र समानुपातिका को–को परे नातागोताका ?

२०७४,पुष,१६,आईतवार ०१:५२

0
Shares

काठमाडौँ, १६ पुस- माओवादीमा प्रदेश सभातर्फको समानुपातिकमा केही नेताका आफन्त परेका छन् । प्रदेश ३ बाट खस–आर्य महिला कोटामा झक्कु सुवेदीकी छोरी भावना सुवेदी परेकी छिन् । प्रदेश ३ बाटै प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालकी श्रीमती सीता अधिकारी खस–आर्य महिला कोटाबाट सूचीमा परेकी छिन् । माओवादीका अर्का नेता दिलीप प्रजापतिकी श्रीमती प्रतिमा श्रेष्ठ जनजाति कोटाबाट समानुपातिक सूचीमा परेकी छिन् प्रदेश ६ बाट पूर्वविद्यार्थी नेता रामदीप आचार्यकी श्रीमती कृष्णा शाह, महिला जनजाति कोटाबाट सुर्खेत जिल्ला इन्चार्ज नरबहादुर विष्टकी श्रीमती पुष्पा घर्ती विष्ट, नेता जनार्दन शर्माकी बुहारी विमला केसी खस–आर्य महिला कोटाबाट समानुपातिकमा परेकी छिन्, नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: २०७४,पुष,१६,आईतवार ०१:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । नेकपा एमाले निकट भातृ संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको देशव्यापी विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय युवासंघ नेपाल

काठमाडौं । निर्वाचन आयोगले ‘स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यस्था’को शीर्षकमा २०७८ चैत्र १६ गते प्रेस विज्ञप्ति जारी

भक्तपुर । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धमा सोमबार भक्तपुरमा विरोध प्रदर्शन गरिएको छ । जुलुस कमलविनायकबाट साँझ सुरु भएको थियो

खोटाङ । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ । आठ वर्षअघि

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३