मौसम पूर्वानुमान: कहाँ-कहाँ हुन्छ भारी वर्षा ?

काठमाडौं । हाल देशभर सामान्य बदली भई देशका पुर्व र पश्चिमका केहि स्थानहरुमा वर्षा भईरहेको जल तथ् मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर सरिरहेकोले मनसुन कमजोर बन्दै गएको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):

श्रावण ९ गते (बिहीबार)

दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

श्रावण १० गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम भेगका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ | देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारीको सम्भावना छ ।

श्रावण ११ गते (शनीबार)

दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ।

राती: देशभर सामान्य बदली रहि देशका केही स्थानहरुमा वर्षा हुनेछ |

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशका पश्चिम तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैले ती क्षेत्रका खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले नदि वरपरका क्षेत्र, नहर तीर सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?