एमालेलाई प्रधानमन्त्रीको जवाफ : धन्यवाद दिनुपर्नेमा अनेक शङ्का गर्ने ?

काठमाडौँ, १६ पुस – प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई सरकारमा बसिरहन कुनै रहर नभएको बताएका छन् । शनिबार टुँडिखेलमा आयोजित तमु ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले चाँडै सरकार छाड्ने बताए टुँडिखेलमा आयोजित कार्यक्रममा सङ्क्षिप्त सम्बोधन गर्दै उनले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी भएपछि राजनीतिक गतिरोध तोडिएको बताए । उनले अध्यादेश जारी गरेकोमा राष्ट्रपतिलाई धन्यवाद पनि दिए विभिन्न आन्दोलनको नेतृत्व गरेको काँग्रेसप्रति शङ्का नगर्न पनि उनले आग्रह गरे । ‘काँग्रेसले २००७ सालको क्रान्तिदेखि २०६२ र ६३ को जनआन्दोलनसम्मको नेतृत्व गरेको इतिहास छ’, देउवाले भने , ‘हामी संविधान कार्यन्वयप्रति प्रतिबद्ध छौँ । त्यसै क्रममा निर्वाचन सम्पन्न भयो । यसमा धन्यवाद दिनुपर्नेमा अनेक शङ्का गर्ने ?’ उनले एमाले र माओवादी पार्टीलाई अनेक शङ्का नगर्न आग्रह गरे प्रधानमन्त्रीले देश अब सङ्घीयता कार्यन्वयको चरणमा पुगेको उल्लेख गर्दै भर्खरै सम्पन्न चुनाव यसको एउटा महत्वपूर्ण चरण भएको बताए, गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?