सरकारमा तीन मन्त्री थपिए, मन्त्रीपरिषद ५४ सदस्यीय

काठमाडौं, २६भदौ ।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषद विस्तार गरेका छन । प्रधानमन्त्रीले राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागि गराउँदै मन्त्रीपरिषद विस्तार गरेका हुन । सरकारका नवनियुक्त तीन मन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका तर्फबाट सरकारमा थपिएका तीन मन्त्रीहरुले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका बीच सपथ ग्रहण गरेका हुन् ।राप्रपा प्रजातान्त्रिकका तर्फबाट मन्त्रिपरिषद्मा प्रवेश पाएका नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोरा, वन मन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनीलबहादुर थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान सपथ ग्रहण गराएकी हुन ।उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाएका रेशम लामाले पनि आजै सपथ लिने कार्यक्रम छ । उनको सपथ भने सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुनेछ ।मन्त्रिपरिषद् विस्तारसँगै देउवाको चर्को आलोचना भइरहेको छ । सरकारमा ३ मन्त्री र १ राज्यमन्त्री थपिएपछि देउवा नेतृत्वको मन्त्रिपरिषद् ५४ सदस्यीय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?