छवि र शिल्पालाई खोज्दै प्रहरी, यी हुन् लुकेका पाटो

appharu
0
Shares
तस्बिर: गुगलबाट

काठमाण्डौं । चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोख्रेलबीचको घरायसी झगडाले अहिले यू टर्न लिएको छ ।

सिनेमा हेर्न गएको निहुँमा परेको घर झगडा देखी डिर्भोस फाईलसम्मको कथा छँदै थियो । त्यसैमा थपियो छविकी जेठी श्रीमती हेमा ओझाको बहु विवाहको मुद्धा । बुधबार मात्रै जिल्ला अदालत, काठमाडौंले दुवै जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । खोजि भईरहेको प्रहरीले जनाएको छ ।

छवि–शिल्पा कथाको सार यत्तिनै हो, तर यहाँ लुकेका अथवा लुकाईएका धेरै कुराहरु छन् । आज हामिले केहि विषयलाई बुझ्ने प्रयास गरेका छौ ।

एकोहोरो छवि
छविका छोरा साकार ओझाले केहि वर्ष अघि एउटा अनलाईनको भिडियो अन्तर्वार्तामा छवि रिसाउन थालेपछि कसैको कुरा नसुन्ने एकोहोरो भएर गाली गरिरहेको अभिव्यक्ति दिनुभएको थियो ।

सहि गलतको मतलब नराखी गाली गर्नेगरेको साकारको बुझाई रहेको छ । मुडी भएकाले गल्ति भएको स्वीकार्न पनि सक्ने साकारको विश्वास रहेको छ ।

रेखाले झेलेका छवि
निर्माता छविराज ओझा र नायिका रेखा थापा एक दशक भन्दा पनि बढि संगै बसेको उनीहरुले नै प्रष्ट्याई सकेका छन् । छवि र शिल्पाकोबीचको विबादमा रेखा खासै नबोले पनि छविसंग आँफू छुट्टिएको समयमा निकै आक्रोश पोख्नुभएको थियो ।

उहाँको आक्रोशलाई एउटा युट्युव च्यानलले राखेको छ । त्यति बेलाको रेखाको आक्रोश निकै गज्जव खालको पनि छ । एक पटक पढ्नुहोस् सन २०१४ मा रेखाले छविराजलाई लेखेको खुल्ला पत्र ।

हा हा हा हा, हास्न पनि कत्ति हाँस्नु हो ।
त्यो छवि भन्ने मान्छेको मानसिक सन्तुलन अब चाहि गुमेकै रहेछ भन्ने बुझे आज । मलाई त घाँस काट्दै गरेकी एक युवतिलाई आफूले हिरोईन बनाएर स्टारको बाटोमा लगिदिएको छविको बुझाई छ रे..

म मिस नेपालमा भाग लिँदै गर्दा, त्यो मानसिक सन्तुलन ठिक नभएको र उमेरले डाँडा काटीसकेको मान्छेसंग भेट नभएको दुनियालाई थाहा छ । घाँस काट्ने मान्छे म त्यो बेला रहेछु भनेपनि आज मेरो मेहनत र कर्मले सफलता पाउनुमा गर्व गर्छु । र तँ जस्तो मान्छेसंग कसरी १० वर्ष विताएँ भनेर दुःख लाग्छ ।

तिनै दिउँसोभरी घाँस काटेर पैसा कमाएर सिनेमा हेर्ने आउँने दर्शकहरुको मन घाँसी भनेर नदुखा पाप लाग्ला ।

हुनत तरो पाप दिनप्रतिदिन तेरै अघि आउँदैछ । अझै कति देख्नु पर्ने हो यो आँखाले । झुण्डेर मरेको वा मारेको प्रेत आत्माको पनि सराप लाग्छ नि तलाई..

छवि तलाई मेरो नाम नलिए खाएको पनि पच्दैन कि के हो ?
तँ सँग छट्टिएपछि म त तेरे नाम कतै लिन्न त..

के चाहान्छस् मसंग अझै, तरे सम्पति त सवै फिर्ता गरिदिएकै हो, अब के बाँकी छ र ?
सुतिरहेको कोब्रा साँपलाई घरीघरी जिस्काई नराख डस्ला कुनैदिन र शहरको भट्टी भट्टीमा बसेर लोकल रक्सी खाँदै मेरो नाम नलिनु यो तँलाई मेरो खुल्ला सुझाब हो ।
तँलाई भग्वानले थोरै बुद्धि र विवेक प्रदान गरुन, यो मेरो कामना…..

प्रश्नै प्रश्नका चाङ

छवि र शिल्पाको झण्डै ६ वर्ष अघिनै भेट भएको उनीहरुले नै बताएका छन् । ३ वर्ष प्रेममा बसेर विवाह गरेको अहिले बाहिर आएको छ । विवाह दर्ता मात्रै ६ महिना अगाडि गरेको खुलेको छ ।
माथिका प्रसंगहरुले सृजना गरेका धरै प्रश्नहरु अहिले अनुत्तरीत अबस्थामा टोलाईरहेका छन् ।

छविको शिल्पासँग चौथो विवाह हो । छविमा त्यस्तो के छ जुन कुराको लागि हिरोईनहरु महिरहत्ते गर्छन ?

आफ्नो करिअरको लागि मात्रै हिरोईनहरुले छविको सहारा लिँन चाहेका हुन् भने सम्बन्धलाई विवाहमा परिणत गर्नुपर्ने हुन्छ र ?

शिल्पाले ६ महिना अघि मात्रै विवाह दर्ता गर्नुलाई सम्पती मोह भन्न सकिन्छ कि सकिँदैन ?

विवाह भएको हप्ता दिनदेखी नै झगडा हुनेगरेको शिल्पाकै अन्तरर्वाताबाट थाहा हुन्छ । घरेलु हिंसा सहेर बस्नुले कता तिर संकेत गर्छ ?

शिल्पाई आफ्नो सम्पतिबाट बञ्चित गराउन जेठी श्रीमतीलाई बहुविवाहको मुद्धा हाल्नको लागि छविले नै सुझाएका हुन भन्ने आरोप सत्य हुन सक्छ ? आदि आदि…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?