१२ जेष्ठ २०७९, बिहीवार

कांग्रेसले सर्त थप्दै गएपछि एमाले आक्रोशित

२०७४,पुष,१६,आईतवार ०१:२८

9
Shares

काठमाडौं, १६ पुस- प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको आधिकारिक परिणाम घोषणा भएको एक महिना बित्दा पनि कांग्रेसले सत्ता हस्तान्तरण गर्नुको साटो सर्त थप्दै गएपछि सरकारको नेतृत्व गर्न पर्खिरहेको एमाले आक्रोशित बनेको छ, अन्नपूर्ण पोस्टमा खबर छ कांग्रेस कार्यसम्पादन समितिको शुक्रबार राति बसेको बैठकले सत्ता हस्तान्तरणका लागि राष्ट्रियसभा निर्वाचन सम्पन्न हुनुपर्ने अघोषित सर्त तेस्र्याएपछि एमाले सशंकित बनेको हो। सत्ता हस्तान्तरण गर्न राष्ट्रियसभा अध्यादेश स्वीकृत हुनुपर्ने अडान लिएको कांग्रेसले शुक्रबार राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेलगत्तै सर्त थपेको होएमाले सचिव प्रदीप ज्ञवालीले कांग्रेसको अलोकतान्त्रिक गतिविधिले पराकाष्ठा नाघेको बताएमाओवादी केन्द्रका नेता जनार्दन शर्माले निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचन प्रक्रिया पूरा गर्दै प्रतिनिधिसभाको समानुपातिक परिणाम सार्वजनिक गर्नुपर्ने बताए। सत्ता हस्तान्तरण सहज बनाउन शेरबहादुरले राजीनामा दिनुको विकल्प नभएकोमा उनले जोड दिएप्रधानमन्त्री शेरबहादुर देउवाले फागुन १० गतेतिर मात्रै सत्ता हस्तान्तरण गर्ने संकेत गरेका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘निर्वाचन आयोगका प्रमुख आयुक्तलगायत पदाधिकारीले शुक्रबार राष्ट्रपतिबाट अध्यादेश स्वीकृत भएपछि प्रधानमन्त्रीसँगको भेटमा माघ २५ गते राष्ट्रियसभा निर्वाचन गर्ने प्रस्ताव गरेका छन्।’आयोगको प्रस्तावअनुसार निर्वाचन भए माघ मसान्तसम्म परिणाम आउने उनले बताए। उनले भने, ‘राष्ट्रियसभा निर्वाचन परिणाम आएपछि प्रतिनिधिसभा समानुपातिकको परिणाम आयोगले दिने भएकाले फागुन १०/११ गतेतिर नयाँ सरकार गठन हुनेछ। त्यसअगावै सरकारले चाहेर पनि सत्ता हस्तान्तरण हुन सक्दैन।’

प्रकाशित मिति: २०७४,पुष,१६,आईतवार ०१:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरमा ३ दिन बाट बेपत्ता युवाको लास फेला परेको छ । उदयपुरको त्रियुगा

हेटौंडा । जिल्ला युवा परिषद् मकवानपुरको अध्यक्षमा सुमन पाख्रिन नियुक्त भएका छन् । पाख्रिनलाई बिहीबार बागमती प्रदेशका युवा तथा खेलकुद

काठमाडौं। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत

पोखरा । पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको भुलका कारण अहिले धेरै मत बदर भएको र गठबन्धन शक्तिले

ताजा समाचार

चार दिनपछि आफन्तले बुझे शव
 २०७९,जेष्ठ,१२,बिहीवार २१:०२