आमाको सेटिङमा १२ वर्षे छोरीको बलात्कार, ठूलोमम्मीलाई भिडियो कल गरेपछि थाहा भयो कर्तुत !

appharu
0
Shares

भनिन्छ, आमा संसारको सबैभन्दा प्रिय शब्द हो । तर यो शब्द महोतरीकी एक बालिकाको जीवन बर्बाद पारिदिने राक्षसरुपी मनुष्यमा सिमीत भएको छ ।

भएको के हो ?
आफ्नै आमाले आफ्नो पे्रमीबाट आफ्नै छोरीको ईज्जत लुटाएकी हुन् । अर्थात् १६ वर्षिय बालिका आमाको सेटिङमा जबरजस्ती करणीमा परिन् । त्यो पनि आफ्नै ‘ब्याईफ्रेण्डबाट’ । आफ्नै सामुन्ने ।
उनका प्रेमी भनिने ति पुरुषको नाम सियाराम हो ।

आफ्नो श्रीमान् शारिरीक रुपमा अशक्त भएपछि ति महिलाले सियारामसँग प्रेमसम्बन्ध सुरु गरेकी थिइन् । ति पुरुष पनि भंगहाकै हुन् । उनको उमेर ४० वर्षको छ । ४० वर्षे आफ्ना प्रेमीसँग १२ बर्षीया छोरीलाई आमाले भारतमा लगेर बलात्कार गराउने सेटिङ मिलाएको यो घटना सार्वजनिक भएसँगै मानिसहरु तरंिगत भएका छन् । भारतको राजधानी दिल्ली लगेर १५ दिनसम्म आफ्ना प्रेमीलाई बलात्कार गर्न सेटिङ मिलाएको यो घटना डेढ महिनापछि बाहिर आएको हो । महिलाका श्रीमान्को मानसिक हालत पनि बिग्रीएको थियो । तयसपछि उनी ति पुरुषसँग सम्बन्धमा थिईन् । स्थानीयले भनेका छन्, ”ति पुरुषको महिलाको घरमा बाक्लो आउजाउ हुन्थ्यो ।”

ति आमा भंगहा नगरपालिका ६ की हुन् । बलात्कृत हुने ति बालिकाले प्रहरी समक्ष भनेकी छिन्, ‘आमाकै सामुन्ने मसँग सियारामले शारीरिक सम्बन्ध बनाएँ । म चिच्चाए । रोएँ । बचाउँन भने तर आमाले मानिनन् । अहिले रोगी भएँ ।
श्रीमान् अशक्त भएपछि मानसिक स्थिती गुम्यो । त्यसपछि उनले भंगहा नगरपालिकास्थित सियारामको घरमा काम गर्न थालेकी थिइन् । त्यसक्रममा उनीहरूबीच प्रेम सम्बन्ध रहेको बताइन्छ ।
जेठ २७ मा ती महिला छोरीलाई लिएर रोजगारी गर्न भन्दै जनकपुर गएकी थिईन् त्यहाँ जाँदा उनले आफू जेठी दिदी कहाँ जाने भन्दै हिँडेको थिईन् । हिँडेको एक सातासम्म पनि घर नफर्केपछि ति महिलाको दिदीले खोजी थालेकी थिईन् ।


परिवार आफन्त नातागोता तथा उजुरी गर्दा पनि उनीहरु फेला परेनन् ।

…जब बालिकाले भिडियोमा कल गरिन्
भंगहाकै एक व्यक्तिले आमा छोरीलाई दिल्लीमा देखे ।
उनी दिल्लीमै काम गर्ने भएपनि उनीहरु बेपत्ता भएकोबारे थाहा पाएका थिए ।
उनले गाउँमा फोन गरेर खबर दिए ।
खबर आएको केहि दिनमै ति महिलाले दिदीलाई फेसबुकमा भिडियो कल गरिन् र भनिन्, मेरो चिन्ता गर्नु पर्दैन म ठिक छु । नानी पनि म सँगै छ ।
तर ति महिलाले फोन गरेको ठिक दुई दिनपछि सियाराम र आमा बाहिर गएको मौका छोपी ति बलात्कारमा परेकी बालिकाले ठूलोमम्मीलाई फोन गरिन् । जब उनले सबै कहानी ठूलोमम्मीलाई भनिन् यी सबै कर्तुतको पोल खुल्यो ।
महिलाको दिदीले आमाछोरीलाई जुनकुनै हालतमा नेपाल ल्याई दिन ति पुरुष सियारामका बुवा रामअशिष महतो र उनकै आफन्त पर्ने स्थानीय नेता रामजतन महतोलाई आग्रह गरे ।
उनीहरुले सहमति जनाए । तर एउटा शर्तमा ।
कस्तो शर्त ?
‘उनीहरुले प्रहरीमा उजुरी नगर्ने ।
शर्त मञ्जुर भएको वचनपछि उनीहरु नेपाल आए ।
अर्थात् गत असार १६ गते आमा छोरी नेपाल आए ।
बालिकाको बयान यस्तो
निरन्तर आमाकै सामू ४२ वर्षे पुरुषले बलात्कारमा परेकी बालिकाले ठूलोमम्मीको सहयोग लिएर न्यायका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिईन् ।
कुरा गत असार २२ गतेको हो ।
दिल्ली लगेर १७ दिनसम्म बन्धक बनाई बलात्कार गरेकोमा सियारामलाई तथा उनका बुबा रामअशिश महतो र स्थानीय रामजतन महतोमाथि घटनामा सहयोग गरेकोमा किटानी जाहेरी दर्ता भयो ।
उनले प्रहरीसामू भनेकी छिन्, मैले आमालाई कयौँपटक अनुरोध गरे तर उनले सुनिनन् । मलाई बिरामी बनाउनेगरी बलात्कार गर्यो । उनले भनेकी छिन् । आमा, सियाराम र म एउटै ओच्छ्यानमा सुत्थ्यौ । उसले मलाई पटक पटक बलात्कार गथ्र्यो । हामीलाई भारत पनि उसैले लगेको हो ।
प्रहरीमा उजुरी परेलगतै सियाराम र बालिकाकी आमा फरार छन् । उनीहरुको खोजी भइरहेको छ । बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । तर बालिका दिल्लीबाट फर्केदेखि नै उनको तल्लोपेट दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने जस्तो स्वास्थ्य समस्या देखिएको छ ।
फरार भएकी महिलाले कान्छी छोरीलाई लिएर गएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले लोकपथसँग भन्नुभयो, पीडित बालिका र उनका भाइ जेठी आमा कहाँ छन् । घटनाबारे थप अनुसन्धान भइरहेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?