धनगढीमा व्याटमिन्टन प्रतियोगिता हुँदै, यस्तो छ पुरस्कारको व्यवस्था

गगन अयडीकैलाली, १५ पुस । धनगढीमा रहेको शुभश्री प्यालेसको आयोजनामा ‘शुभश्री प्यालेस व्याटमिन्टन प्रतियोगिता’ आगामी  पुस २७ गतेदेखि २९ गतेसम्म  हुने भएको छ  आज आयोजकले धनगढीमा पत्रकार सम्मेलन गर्दै विभिन्न तीन विधामा व्याटमिन्टन प्रतियोगिता हुने जानकारी दिएको छ भेट्रान र १७ वर्ष मुनिका छात्र र छात्रा गरी तीन विधामा व्याटमिन्टन प्रतियोगिता हुन लागेको हो प्रतियोगिता आयोजना गर्नका लागि कैलाली जिल्ला व्याटमिन्टन संघले सहयोग गर्ने व्याटमिन्टन प्रशिक्षक मेघराज कठायतले जानकारी दिए भेट्रान तर्फ ३५ वर्षभन्दा माथिका खेलाडीहरुले भाग लिन पाउनेछन् भेट्रान तर्फ प्रथम हुनेले नगद ५१ हजार द्धितीय हुनेले नगद २५ हजार र तृतीय हुने दुई जनाले नगद १०/१० हजार पुरस्कार पाउनेछन् यस्तै १७ वर्ष मुनिको छात्र र छात्रा तर्फ पनि प्रथमलाई नगद ५ हजार एक सय, द्धितीयलाई दुई हजार ५ सय र तृतीय हुने दुई जनालाई एक÷एक हजार नगद पुरस्कार दिईने प्रतियोगिताका संयोजक रोशन सिंहले जानकारी दिए भेट्रान तर्फ ९६ हजार, १७ वर्ष मुनिको छात्र तर्फ नौ हजार ६ सय र १७ वर्ष मुनिको छात्रा तर्फ नौ हजार ६ सय गरी कूल एक लाख १५ हजार दुई सय रुपैया नगद पुरस्कारमा खर्च हुनेसंयोजक सिंहले बताए भेट्रान तर्फका खेलाडीहरुवाट रेजिष्ट्रेशन शुल्क लिने र १७ वर्ष मुनिका खेलाडीहरुलाई निशुल्क रुपमा प्रतियोगिता खेल्ने व्यवस्था मिलाईएको छ उमेर समुहका खेलाडीहरुका लागि आवास र खानाको पनि व्यवस्था आयोजकले नै मिलाउने भएको छ प्रतियोगितालाई अव वर्षेनी आयोजना गर्ने र पुरस्कार राशी पनि वढाउ“दै लैजाने शुभश्री प्यालेसका सञ्चालक कविन्द्र पन्तिले जानकारी दिए प्रतियोगिता धनगढीको शुभश्री प्यालेसमा हुनेछ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?