२ जेष्ठ २०७९, सोमवार

धनगढीमा व्याटमिन्टन प्रतियोगिता हुँदै, यस्तो छ पुरस्कारको व्यवस्था

२०७४,पुष,१५,शनिवार १६:४५

9
Shares

गगन अयडी कैलाली, १५ पुस । धनगढीमा रहेको शुभश्री प्यालेसको आयोजनामा ‘शुभश्री प्यालेस व्याटमिन्टन प्रतियोगिता आगामी  पुस २७ गतेदेखि २९ गतेसम्म  हुने भएको छ  । आज आयोजकले धनगढीमा पत्रकार सम्मेलन गर्दै विभिन्न तीन विधामा व्याटमिन्टन प्रतियोगिता हुने जानकारी दिएको छ । भेट्रान र १७ वर्ष मुनिका छात्र र छात्रा गरी तीन विधामा व्याटमिन्टन प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता आयोजना गर्नका लागि कैलाली जिल्ला व्याटमिन्टन संघले सहयोग गर्ने व्याटमिन्टन प्रशिक्षक मेघराज कठायतले जानकारी दिए । भेट्रान तर्फ ३५ वर्षभन्दा माथिका खेलाडीहरुले भाग लिन पाउनेछन् । भेट्रान तर्फ प्रथम हुनेले नगद ५१ हजार द्धितीय हुनेले नगद २५ हजार र तृतीय हुने दुई जनाले नगद १०/१० हजार पुरस्कार पाउनेछन् । यस्तै १७ वर्ष मुनिको छात्र र छात्रा तर्फ पनि प्रथमलाई नगद ५ हजार एक सय, द्धितीयलाई दुई हजार ५ सय र तृतीय हुने दुई जनालाई एक÷एक हजार नगद पुरस्कार दिईने प्रतियोगिताका संयोजक रोशन सिंहले जानकारी दिए । भेट्रान तर्फ ९६ हजार, १७ वर्ष मुनिको छात्र तर्फ नौ हजार ६ सय र १७ वर्ष मुनिको छात्रा तर्फ नौ हजार ६ सय गरी कूल एक लाख १५ हजार दुई सय रुपैया नगद पुरस्कारमा खर्च हुनेसंयोजक सिंहले बताए । भेट्रान तर्फका खेलाडीहरुवाट रेजिष्ट्रेशन शुल्क लिने र १७ वर्ष मुनिका खेलाडीहरुलाई निशुल्क रुपमा प्रतियोगिता खेल्ने व्यवस्था मिलाईएको छ । उमेर समुहका खेलाडीहरुका लागि आवास र खानाको पनि व्यवस्था आयोजकले नै मिलाउने भएको छ । प्रतियोगितालाई अव वर्षेनी आयोजना गर्ने र पुरस्कार राशी पनि वढाउ“दै लैजाने शुभश्री प्यालेसका सञ्चालक कविन्द्र पन्तिले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,पुष,१५,शनिवार १६:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तान राष्ट्रिय टिमबीच हुने भनिएको मैत्रीपूर्ण खेल अनिश्चित बनेको छ । अखिल नेपाल

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य तथा गोलरक्षक अभिषेक बराल कम्तीमा तीन महिना मैदान बाहिर रहने भएका छन् ।

काठमाडौं । टर्कीको ईस्तानबुलमा जारी आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपको नेपालकी पुनम रावल पराजित भएकी छन् । महिला ५७–६० केजी

काठमाडौं । प्रशंसा मोक्तानले प्रथम कतार एसियाली जुनियर यु–१४ टेनिस प्रतियोगिताको सर्किट–१ मा दुई रजत पदक जितेकी छिन् । कतारको

ताजा समाचार

आइबा बक्सिङ : पुनम पराजित
 २०७९,जेष्ठ,२,सोमवार १९:३३