११ जेष्ठ २०७९, बुधबार

गोरखामा एक दिने स्वास्थ्य शिविर सम्पन्न

२०७४,पुष,१५,शनिवार १६:११

0
Shares

गोरखा, १५ पुस- जिल्लाको भिमसेन गाउँपालिका स्थित मसेलमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेगा हेल्थ क्याम्पको नाम दिएर सञ्चालन गरिएको एक दिने शिविरमा १ हजार १४० जना विरामीले सेवा दिएको आयोजक करुणा ढकालले जानकारी दिइन् हेल्थ क्याम्पमा आँखा जाँच, भिडियो एक्स्रे सेवा, प्रसुती जाँच तथा अन्य विभिन्न रोगहरुको परिक्षण गरिएको अर्का आयोजक ऋषि गिरीले बताए । आठ जना विभिन्न रोगका विशेषज्ञ सहित ७६ जना स्वास्थ्यकर्मीले सेवा दिएको गिरीले जानकारी दिए । त्यस्तै स्वास्थ्य जाँचको क्रममा आँखाको सल्यक्रिया गर्नुपर्ने आठ जनालाई भने पोखराको हिमालय आँखा अस्पतालमा लगिने भएको छ । उनीहरुको आउने, जाने र शल्यक्रिया खर्च सबै निशूल्क हुने गिरीले बताए क्याम्प लायन्स क्लब अफ पोखरा डल्फिन, लायन्स क्लब अफ पोखरा समर्पण, लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारी, लायन्स क्लब अफ पोखरा ग्लोबल लेक सिटी, लायन्स क्लब अफ पोखरा आदर्श, लायन्स क्लब अफ पोखरा अर्पण, लायन्स क्लब अफ पोखरा हेरिटेज, लायन्स क्लब अफ पोखरा आदर्श सेन्चुरीको सहयोग र स्थानीय प्रगतिशिल आमा समुहको विशेष पहलमा भएको हो ।

प्रकाशित मिति: २०७४,पुष,१५,शनिवार १६:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको भुलका कारण अहिले धेरै मत बदर भएको र गठबन्धन शक्तिले

काठमाडौं । एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौँमा बृहत साइकल र्‍याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ

लमजुङ । लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको २७ मेगावाटको दोर्दी जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन तयार नहुँदा

काठमाडाैं । नेकपा एमाले निकट भातृ संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको देशव्यापी विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय युवासंघ नेपाल

ताजा समाचार