“व्यवसायी पृष्ठभूमिको जनप्रतिनीधिले जनताको काम गर्दैन कि भन्ने आशंका थियो , मेटिदिए” – मेयर निमफूञ्जो शेर्पा

appharu
0
Shares

सिन्धुपाल्चोकको बाहृबिसे नगरपालिकाका मेयर निमफूञ्जो शेर्पाले दुई वर्षको अवधीमा नगरपालिकाका पूर्वाधार निर्माणमा उल्लेख्य उपलब्धि हासिल गरेको बताउनुभएको छ ।

लोकपथ टिभिको कार्यक्रम खास कुरामा अन्तर्वार्ता दिँदै उहाँले लामो समयदेखि व्यवसायीक पृष्ठभूमि भएको कारणले पनि मतदाताको मन जित्नु र उनीहरुको सेवामा खटिन्छ कि खटिदैन भनेर जनताले आशंका गर्नु स्वभाविक भएको भन्दै हाल भूकम्पपछिको पूनर्निर्माण, कृषिको विकास, सडक सञ्जाल विस्तार तथा व्यवसाय र पर्यटनमा निकै प्रगति भइसकेको बताउनुभएको हो ।

समग्र सिन्धुपाल्चोक जिल्ला र बाहृबिसे नगरपालिकाको विकासका लागि यहाँका योजना के छन् भन्ने प्रश्नमा उहाँले सिन्धुपाल्चोकका संभावनाहरुलाई मूर्तरुप दिनको लागि लागिपरेको र कामहरु देखिन थालेको बताउँदै भन्नुभयो, “पर्यटन विकासमा मैले निकै तयारी गरिरहेको छु । स्थानीय जनता मेरा मतदाताको मतको कदर गर्दै उहाँहरुको व्यापार व्यवसाय प्रबद्र्धनदेखि समग्र विकासको स्केच नै लिएर अघि बढीरहेको छु ।”

हेर्नुहोस् लोकपथकर्मी अनिता आचार्यले सिन्धुपाल्चोक बाहृबिसे नगरपालिकाका मेयर निमफूञ्जो शेर्पासँग गरिएको -खास कुरा ( भिडियोसहित )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?