२ जेष्ठ २०७९, सोमवार

प्रदेश नं २ को राजधानी राजविराज हुनुपर्ने माग

२०७४,पुष,१५,शनिवार १५:५९

0
Shares

राजविराज, १५ पुस – मुलुकमा लोकतन्त्र प्राप्तिका लागि सप्तरीवासीले नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रदेश नं २ को राजधानी राजविराज नै हुनुपर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन् सप्तरीको राजविराजमा आज नागरिक सञ्जाल र बृहत् नागरिक सञ्जालले आयोजना गरेको ‘प्रदेश नं २ को राजधानी राजविराजमा’ विषयक विचार गोष्ठीमा सहभागी वक्ताले यस्तो बताएका हुन् सो गोष्ठीमा नेकपा (एमाले) का केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले लोकतन्त्रका लागि भएका सबैजसो आन्दोलनमा सप्तरीवासीको भूमिका नेतृत्वदायी नै रहेकाले जिल्लाको विकास र इतिहास जोगाउनका निम्ति प्रदेश नं २ को राजधानी राजविराज नै हुनुपर्ने बताए उन्ल्ले जिल्लाको समृद्धि, विकास र राजविराज राजधानी हुनुपर्ने विषयमा एमाले पार्टीको पूर्ण सहयोग र साथ रहने प्रतिबद्धतासमेत व्यक्त गरे विचार गोष्ठीमा वरिष्ठ पत्रकार अनिलकुमार अनल, प्राध्यापक देवनारायण यादव, अधिवक्ताद्वय भूपेन्द्रनारायण मण्डल र राजेन्द्रप्रसाद देव, समाजसेवी हासिम अन्सारी, महिला अधिकारकर्मी अभासेतु सिंह र समाजसेवी जगरनाथ मुन्धडाले राजविराजको विकासका लागि प्रदेश नं २ को राजधानी हुनुपर्ने धारणा राखे गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह, मधेशका लागि अधिकार सुरक्षित गर्ने र प्रान्तको माग गर्ने मधेशका मसिहा गजेन्द्रनारायण सिंहको जन्मथलो सप्तरी नै भएकाले गोष्ठीका सहभागी वक्ताले राजविराजलाई नै राजधानी बनाउनुपर्नेमा समेत जोड दिएका छन् नागरिक सञ्जालका संस्थापक अध्यक्ष सुखराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल आबद्ध नेता, कानून व्यवसायी, बुद्धिजीवी, नागरिक अगुवालगायतले समेत राजविराज प्रदेश नं २ को राजधानी हुनुपर्नेमा आ–आफ्नो विचार प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: २०७४,पुष,१५,शनिवार १५:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । नवलपुरको बौंदीकाली गाउँपालिकामा दुईजना स्वतन्त्र उम्मेदवारले शून्य मत पाएका छन् । मधुकर नेपाली र कृष्णप्रसाद पराजुलीले १ मत

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका छन् । मोदी २५६६औँ बुद्ध पुर्णिमाको अवसरमा नेपाल

जुम्ला । हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण शाही विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै

भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान साढे १० बजे लुम्बिनी आइपुगेका छन् । उनी साँझ मात्रै भारत फर्कदैछन्

ताजा समाचार