नेप्से उकालो यात्रामा

appharu
0
Shares
तस्वीर: गुगल

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५ दशमलभ ९४ बिन्दुले बढेर एक हजार २७७ दशमलभ १७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलभ ९२ ले बढेर २७४ दशमलभ ४१ बिन्दुमा पुगेको छ ।

परिसूचक बढे पनि आज कारोवार रकम भने उल्लेख्यरुपमा वृद्धि हुन सकेन । सोमबारको तुलनामा कारोवार रकम वृद्धि भएको छ । कूल १६९ कम्पनीको १४ लाख ४४ हजार १९२ कित्ता शेयर रु ३६ करोड ८९ लाख ८० हजार ८६० मूल्यमा खरीद बिक्री भए ।

सोमबार कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता शेयर रु ३१ करोड ६६ लाख ४३ हजार ४२१ मूल्यमा खरीद बिक्री भएको थियो । स्टकका अनुसार कूल कारोवार भएका ११ उपसमूह मध्ये आज चार उपसमूहको शेयर ओरालो लागेको छ ।

यस्तै सात उपसमूहको शेयर भने वृद्धि भएको छ । होटल ३ दशमलभ ९२, जलविद्यसत् २ दशमलभ ८, उत्पादन ४ दशमलभ २२ र अन्य उपसमूह ० दशमलभ ६५ बिन्दुले घटे । यस्तै बैंकिङ ६ दशमलभ ९७, विकास बैंक ४ दशमलभ १७, वित्त ० दशमलभ ४३, निर्जीवन बीमा ३८ दशमलभ ०५, लघुवित्त २८, जीवन बीमा ५ दशमलभ १९ र सामूहिक लगानी कोष ० दशमलभ ०१ बिन्दुले बढेको छ ।

स्टकका अनुसार आज कारोवारका आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु चार करोड ५१ लाख २२ हजार ३६९ मूल्यमा कारोवार भयो ।

नेपाल बैंक लिमिटेड रु तीन करोड ६१ लाख १९ हजार ४७६, नेपाल लाइफ इन्स्योरेन्स रु एक करोड ७३ लाख सात हजार ९७३, शिवम सिमेन्ट रु एक करोड १० लाख ८६ हजार २०३, प्रभु बैंक रु एक करोड आठ लाख ६० हजार २१८ र नबिल बैंक रु एक करोड सात लाख ७७ हजार १२३ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले ७ दशमलभ ९०, स्वदेशी लघुवित्त वित्तीय संस्था ७ दशमलभ ७३, नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था ५ दशमलभ ७६, लक्ष्मी लघुवित्त वित्तीय संस्था ५ दशमलभ ५०, समता माइक्रो फाइनान्स वित्तीय संस्था ५ दशमलभ १२ र राधी विद्युत् कम्पनीका शेयरधनीले ४ दशमलभ ९० बिन्दुले बढेको छ ।

यस्तै दिव्यश्वरी हाइड्रो ७ दशमलभ २४, यूनियन हाइड्रोपावर ३ दशमलभ ८८, सिर्जना फाइनान्स ३ दशमलभ २१, हिमालयन पावर पार्टनर २ दशमलभ ८० र हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले २ दशमलभ ७९ बिन्दुले घटेको छ ।

एक अर्ब ४० करोडको म्यूचुअल फण्ड बिक्री हुने

सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको ‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २’ को बिक्री हुने भएको छ । सो योजनाको यही साउन २३ गतेदेखि बिक्री हुने आज प्रकाशित आह्वानपत्रमा उल्लेख छ । कूल एक अर्ब ४० करोड बराबरको उक्त योजना सिद्धार्थ म्यूचुल फन्डले ल्याएको दोस्रो योजना हो ।

प्रतिएकाइ १० का दरले १४ करोड एकाइ बिक्री गर्न लागिएको आज प्रकाशित आह्वान पत्रमा उल्लेख छ । सोमध्ये १५ प्रतिशतले हुन आउने दुई करोड १० लाख एकाइ वा सामूहिक लगानी कोष नियमावलीअनुसार बैंकको विज पूँजीको रुपमा लगानी गर्नेछ ।

आवेदन दिनेले न्यूनतम एकाइ सङ्ख्या १०० र अधिक्तम एकाइ एक करोड ४० लाख रहेको छ । उक्त सामूहिक लगानी कोष योजना छिटोमा यही साउन २७ गतेसम्म र ढिलोमा आगामी भदौ २० गतेसम्म बिक्री हुनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आदेवन दिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?