प्रहरी प्रमुख कदमलाल महर्जन निलम्बित

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख कदमलाल महर्जन निलम्बनमा परेका छन् ।

महानगरपालिकाको गत साउन २ गतेको बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरी साउन ५ गते पत्र थमाइएको महानगरपालिकाका प्रेस संयोजक माधव प्रसाद घिमिरेले जानकारी दिए । महानगरपालिकाको काममा अवरोध पुर्याएको निष्कर्षसहित उनलाई हटाउने निर्णय गरिएको उनको भनाई छ ।

कदमलालले नगर प्रहरी सेवा सञ्चालनसम्बन्धी कार्यविधि २०६७ को नियम ५५ र ५६ अनुसारको कसुर गरेकाले निलम्बन गरिएको महानगरपालिकाको भनाई छ ।

महानगरपालिका स्रोतका अनुसार महर्जनले पर्यटकका लागि तयार पारिएको पार्किङ रोकी महानगरपालिकासँग कुनै समन्वय नगरी पोखरीको शिलान्यास गराएका थिए । सोअघि सो स्थानमा उनले नै पार्किङ सञचालन गर्दै आएका थिए ।

गत असारबाट उनको सम्झौता सकिएर अर्को व्यक्तिले टेन्डर पारेपछि उनले पोखरीको सिलन्यास गराएकापछि विवाद उत्पन्न भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?