मेलम्चीको पनि काठमाडौं आइपुग्न अब छैन टाढा, दोस्रो खण्डको सुरङ ‘ब्रेक थ्रु ‘

सिन्धुपाल्चोक, १५ पुस – बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको सुरङ आज छिचोलिएको (ब्रेकथ्रु भएको) छ मेलम्ची नदीको मुहान हेलम्बु गाउँपालिकाको अम्बाथानदेखि ग्याल्थुमसम्मको ८.२ किमी सुरुङ आज छिचोलिएको हो । यसअघि गतवर्ष पुस २४ गते सिन्धु–सुन्दरीजल खण्डको नौ किमीको सुरुङ छिचोलिएको थियो ग्याल्थुम–सिन्धु खण्डको करिब १० किमी सुरुङ मध्ये अब ४४३ मिटर मात्र खन्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए । अब साढे दुई महिनामा यो सुरुङ खण्ड पनि छिचोलिने उनको प्रतिबद्धता छ ग्याल्थुम–अम्बाथान सुरुङको बीचमा खानेपानी तथा सरसरफाइ राज्यमन्त्री अब्दुल रज्जाक गद्दीले आज रिवन काटेर यो खण्डको सुरुङ खन्ने काम सम्पन्न भएको घोषणा गरे कार्यक्रममा खानेपानी तथा सरसफाइ सचिव गजेन्द्रकुमार ठाकुरले २०७५ वैशाखभित्र मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसाल्ने गरी काम भइरहेको बताए सुरुङ निर्माण भइसकेको स्थानमा भूँइ ढलानको काम शुरु गरिनेछ । सुरङ सम्पन्न भएपछि त्यहाँबाट दैनिक १७ करोड लिटर पानी राजधानी लगिनेछ । सरकारले मेलम्चीपछि याङ्री र लार्के खोलाको पानी पनि उपत्यकामा लैजाने योजनाअनुसार सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ यी दुई खोलाको पानी राजधानी लैजान थप १० किमी सुरुङ निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ । याङ्री र लार्केबाट पनि दैनिक १७÷१७ करोड लिटर पानी लगिनेछ दोस्रो चरणमा दुई खोलाको पानी राजधानी लैजान एसियाली विकास बैंकसँग सम्झौताको तयारी भएको कार्यकारी निर्देशक देवकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?