“विप्लव” समूहलाई नियन्त्रणमा लिन सरकार सफल भयो: गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सरकार मुलुकमा शान्ति, सुरक्षा र सुशासन कायम गर्न सफल रहेको दावी गर्नुभएको छ ।

गृहमन्त्री थापाले सुरक्षा चुनौतिको रुपमा रहेको नेत्रविक्रम चन्द “विप्लव” समूहलाई नियन्त्रणमा लिन पनि सरकार सफल भएको बताउनुभयो ।

उहाँले अति राजनीतिकरण गरिएका कारण निर्मल पन्तको हत्यारा पत्ता लगाउन नसकिएको तर्क पनि गर्नुभयो ।

मंगलबार मन्त्रालयको एक वर्षको कामको समिक्षा र चालू आर्थिक वर्षको कामको कार्ययोजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो हत्या प्रकरणको छानवीनको कामलाई सरकारले गम्भिरतापूर्वक अघि बढाईरहेको पनि बताउनुभयो ।

अति राजनीतिकरणका लागि सो घटनाको अनुसन्धान प्रभावित भएको गृहमन्त्री थापाको स्पष्टिकरण छ । गृहमन्त्री थापाले बलात्कारका घटनामा नेपाल प्रहरीले ९५ प्रतिशत सफलता हात पारेको तथ्यांक प्रस्तुत गर्दै सो घटना भने अति राजनीतिकरणको शिकार भएको तर्क पनि गर्नुभयो ।

गृहमन्त्री थापाले निर्मला हत्या प्रकरणको छानवीनमा सहयोग गर्न पनि सबै पक्षलाई पुनः आह्वान गर्नु भयो । उहाँले भ्रष्टाचारमा संलग्न १८ सय ठेकेदारहरुको फाईल कार्वाहीका लागि अख्तियारमा बुझाइएको पनि जानकारी दिनुभयो । विकास, निर्माणको काममा अनियमितता गर्ने ठेकेदारलाई सरकारले कडा कार्वाही गर्ने गृहमन्त्री थापाको भनाई छ ।

गृहमन्त्री थापाले सुनसहितको तस्करी नियन्त्रणका लागि सरकारले आवश्यक संयन्त्रको निर्माण गरेको पनि बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?