हेटौडा दुर्घटना: तान्यो तान्यो भन्दाभन्दै उकालोमा उत्तानो पर्यो ट्रक, दुईको मृत्यु तीनवटा गाडी थिच्यो

appharu
0
Shares

काठमाडौं । भारतबाट सामान बोकेर आएको मालवाहक ट्रक हेटौंडाको चुरियामाई नजिक अनियन्त्रित भएर पल्टँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा पथलैया सडक खण्डको चुरियामाई मन्दिर नजिकैको उकालो चढ्न नसक्दा दुर्घटना भएको हो ।

उकालो चढ्न नसकेर पल्टेको ट्रकले एउटा जीप, एउटा मोटरसाइकल र एउटा अटोलाई थिचेको प्रहरीले जनाएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको र ५ जना घाइते भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

प्रहरीका अनुसार उकालो चढ्न नसकेर राति बाटोमा अलपत्र परेको भारतीय नम्बरको ट्रकलाई क्रेनको सहयोगले छेउ लगाइएको थियो । विहान ११ बजे सो ट्रक अघि बढाउन खोज्दा उकालो चढ्न नसकेर अनियन्त्रित भएर पल्टेको हो ।

ट्रक किनारा लगाएपछि छेउबाट अघि बढ्न खोजेका सवारीलाई पल्टेको ट्रकको कन्टेनरले थिचेको प्रहरीको भनाई छ । दुर्घटनास्थलमा उद्वारको काम भइरहेको सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?