नेपाल टेलिकम वर्कर्स यूनियनको २८ औ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाल टेलिकम वर्कर्स यूनियनको २८ औ वार्षिकोत्सव सम्पन्न भएको छ ।

बार्षिकोत्सवमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रमुख एवम् प्रमुख अतिथि सचेतक बालकृष्ण खाँडले सेवालाई समय सान्दर्भिक र सरल बनाउन सुझाव दिनुभयो ।

कार्यक्रम सञ्चालक महासचिव महेश्वर खड्का , टेड यूनियन काङ्ग्रेस का कार्यवाहक अध्यक्ष महेन्द्र प्रसाद यादव सदस्य बलदेव तमाङ, टेलिकमका प्र बन्धक डिल्लीराम अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भयो ।

साथै काठमाडौं क्षेत्रीय समितिले रक्तदान पनि गरियो। यसै उपलक्ष्यमा क्षेत्रीय समितिले हाईकिङ, घैटो फुटाई, म्यूजिकल चियर, तातो आलु र आईक्यू कार्यक्रम सम्पन्न गरेकामा विजेतालाई पुरस्कार समेत प्रमुख अतिथि मार्फत वितरण गरिएको अध्यक्ष अचुत ओझाले बताउनुभयो ।

यूनियनका अध्यक्ष राजेन्द्रप्रसाद जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौं क्षेत्रीय समितिका अध्यक्ष अचुत ओझाले ग्राहक संख्या बढ्दै गर्दा किन कम्पनीको राजस्व घट्यो भन्दै घट्नु मा आवश्यक अध्यायन गरि सुधार गर्नुपर्ने सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?