गाउँ केन्द्रीत नीति ल्याउनुपर्नेमा निर्माण व्यावसायीको जोड

गगन अयडी कैलाली पुस १५ । देश विकास र समृद्धिको प्रमुख आधार निर्माण व्यावसाय भएकाले सरकारले गाउँ केन्द्रीत नीति ल्याउनुपर्नेमा निर्माण व्यावसायीले जोड दिएका छन् देश संघीय संरचनामा रुपान्तरण भइसकेकाले केन्द्रीकृत विकासे योजना बढि भन्दा बढि स्थानीय सरकार र गा“उ केन्द्रीत बनाई सोही अनुसारको कानुन निर्माण गर्न सके देश विकासले गति लिने उनीहरुको भनाई छ निर्माण व्यावसाय देश विकासको मेरुदण्ड भएपनि पछिल्लो समय यस क्षेत्रमा देखिएका विभिन्न चुनौतीको समाधानका लागि पनि केन्द्रीय, प्रादेशीक र स्थानीय सरकार गम्भीर हुनुपर्ने तर्क निर्माण व्यावसायीहरुको छ निर्माण क्षेत्रको विकास नभईकन भौतिक पुर्वाधार विकासको परिकल्पना समेत गर्न नसकिने आशयका साथ सञ्चारकर्मी सामु प्रस्तुत भएका नेपाल निर्माण व्यावसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले अबको आधुनिक निर्माण व्यावसाय कस्तो हुनुपर्दछ भन्ने तर्फ सबैले सोच्नुपर्ने बताए निर्माण व्यावसायी संघ कैलालीको २४ औ“ वार्षिक साधारण सभामा सहभागी हुन धनगढी पुगेका श्रेष्ठले सरकार लगायत समद्ध सबै पक्षले निर्माण व्यावसायको विषयमा बुझ्नु अनिवार्य रहेकाले, अमेरीका जस्तै भौतिक संरचना सम्पन्न बन्नुपर्ने सोही अनुरुप कानुन निर्माणको आवश्यकता रहेको बताए यस्तै, ७ नम्बर प्रदेशबाट नेपाल निर्माण व्यावसायी महासंघका उपाध्यक्ष रहेका व्यावसायी भीम साउदले विकासे योजना गा“उ केन्द्रीत हुनुपर्ने बताए यसरी गएमा देशले विकासले गती लिने र बिकास निमार्ण गर्दा केहि असहता भएकोले सकारले सहजिकरण गरेर लैजानेहो भने समस्या समाधन हुने साउदल बताए निर्माण व्यावसायीहरुले तिव्र विकास केन्द्रीत नीति बनाउनुपर्ने जोड दिईरहदा यस क्षेत्रमा धेरै चुनौती रहेकाले तीनको समाधानमा पनि राज्य र निर्माण व्यायसायी स्वंयमले सचेत हुनुपर्ने देखिएको छ ठुला र साना व्यावसायी बिच देखिदै आएको द्धन्द्धका विषयमा उनीहरुले खुलेरै तर्क दिन नचाहेपनि केही बाधा अडचन रहेकाले त्यसलाई आपसी समझदारीका माध्यमबाट हल गर्नुपर्नेमा जोड दिएका छन् तर निर्माण क्षेत्रमा मजदुरको विदेश पलायन, कर, दक्ष जनशक्तिको अभाव लगायतका समस्या समाधानमा सबै लाग्नुपर्ने निर्माण व्यावसायी संघ कैलालीका अध्यक्ष प्रकाश बहादुर सेठीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?