७ श्रावण २०७६, मंगलवार १३:२३

भारतीय किशोरीलाई बलात्कार गर्ने नेपाली युवक पक्राउ


प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलवार १३:२३

काठमाडौं । झापामा भारतीय किशोरीलाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् ।

भारत घर भएकी १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कन्काई नगरपालिका-४ त्रिबेणी टोल बस्ने २२ वर्षीय सुदिप राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राई सहित २ जना व्यक्तिले किशोरीलाई जंगलमा लगि बलात्कार गरेको ईलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । अर्का युवकको भने खुलाईएको छैन

बलात्कारमा संलग्न फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।



Tags: ,

प्रतिक्रिया दिनुहोस